इस्लाम धर्मावलम्बीहरूको पर्व रमजान सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इस्लाम धर्मावलम्बीहरूको पर्व रमजान सुरु


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान आज शुक्रबारदेखि शुरु हुने भएको छ ।

एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३.४३ बजेबाट बेलुका ६.३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रमजान उर्दू क्यालेन्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो । रमजान महिनामा मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानले चन्द्रमा हेर्न आकाशतिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ ।

यो शृङ्खला हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ । बिरामी, गर्भवती महिला र अशक्तलाई रोजा बस्न छुट रहेको छ । रोजा बस्ने समयभरि निश्चित नियम भने पूरा गर्नुपर्ने हुन्छ ।

मुस्लिम समुदायका लागि रमजान सबैभन्दा उत्तम र विशेष महिना मानिन्छ । यो पर्वमा मूलतः दुई कुरालाई महत्त्व दिइन्छ, एउटा निराहार व्रत र अर्को दान वा गरिब-दु:खीको सेवा । एकातिर यसले आफ्नो शारीरिक शुद्धीकरण नियमपूर्वक अभ्यास गराउँछ भने अर्कोतिर पुण्यको कामप्रति प्रेरित । त्यसैले रमजानलाई पवित्रता र पुण्यको पर्व मानिन्छ । रमजान दान, प्रतिदान र क्षमा दान माग्ने महिना भएकोले यसलाई विशेष महिना मानिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस