२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिपक मनाङेको ज्यान मार्ने उद्योग मुद्दाको फाइल मगाउन सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दिपक मनाङे)विरुद्धको ज्यान मार्ने उद्योगको मुद्दाको फाइलहरू झिकाउने आदेश दिएको छ ।

कामु प्रधानन्यायाधीशको नेतृत्वमा रहेको संवैधानिक इजलासले गुरुङको सांसद पदको योग्यतासम्बन्धी रिटमा गुरुङविरुद्ध चलेको ज्यान मार्ने मुद्दाको पुनरावेदन अदालत पाटनमा भएको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन भएको भए सो पेस गर्न आदेश गरेको छ ।

अधिवक्ता वीरेन्द्रराज कार्कीले सर्वोच्चमा पुस ११ गते गुरुङ प्रदेशसभा सदस्य हुन अयोग्य रहेको भन्दै रिट दायर गरेका थिए । रिटमा आज प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश जारी भएको हो ।

रिटमा गुरुङको सांसद पद तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेपनि सो आदेश भने जारी भएन ।

गुरुङविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दामा जिल्ला अदालतले एक वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।

गुरुङले सजाय बापतको कैद भुक्तान गरेका थिए । उनले उच्च अदालत पाटनमा जिल्लाको फैसलाविरुद्ध पुनरावेदन गरेका थिए ।

उच्च अदालतले उनलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेको थियो । रिट निवेदकको  तर्फबाट उपस्थित भएका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीका अनुसार गुरुङले उच्च अदालतको फैसला बमोजिम कैद भुक्तान गरेका छैनन् ।

भण्डारीका अनुसार प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को उपदफा ६ क अनुसार ज्यानसम्बन्धी मुद्दा लागे सजाय पाएका व्यक्ति प्रदेशसभा सदस्य हुन अयोग्य हुने भन्दै रिट दायर भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस