४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र चीनबीचको व्यापारमा असन्तुलन बढेको भन्दै प्रधानमन्त्री प्रचण्ड चिन्तित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वाधार विस्तारमा चिनियाँ लगानीको अपेक्षा भएको बताएका छन्।

मङ्गलवार नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेडले आयोजना गरेको नेपाल चाइना बिजनेस फोरममा प्रधानमन्त्री प्रचण्डले पूर्वाधार विस्तारमा चिनियाँ सहयोग भइरहेको बताएका हुन् ।

उनले अति कम विकसित राष्ट्रबाट नेपाल स्तरोन्नति हुँदै गरेकोमा पूर्वाधार विस्तारको आवश्यकता रहेको पनि बताए।

सरकारले लगानीलाई प्रोत्साहन गरेको, लगानीमैत्री कानुनहरू रहेको र नेपालमा लगानी गर्नसमेत आग्रह गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ऊर्जा, उत्पादनमूलक उद्योग तथा खानी क्षेत्रमा लगानी गरेर लाभ उठाउन सक्ने उनले बताए ।

प्रचण्डले चीन नेपालको लागि दोस्रो ठुलो व्यापार साझेदार र प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा पहिलो राष्ट्र रहेको पनि बताए । नेपाल र चीनको आर्थिक सम्बन्ध थप मजबुत बनाउनु पर्नेमा उनले जोड दिए । उनले नेपाल र चीनबीचको व्यापारमा असन्तुलन बढेकोमा चिन्ता व्यक्त गरे।

नेपालमा लगानी विस्तार गर्न चिनियाँ लगानीकर्तालाई प्रचण्डले आग्रह गरेका छन् । व्यवसाय र लगानीमैत्री वातावरण भएको र नेपालको करको दर अन्य मुलुकको तुलनामा कम भएको प्रधानमन्त्री प्रचण्डले दाबी समेत गरेका छन् । उनले भने, ‘व्यवसायमा लाभांशको दर राम्रो छ ।’

नेपालले विदेशी लगानीमा थप सुधार गरेको पनि उनले बताए। उनले भने, ‘नेपाल–चीन क्रस बोर्डर ‘इकोनोमिक जोन’ बनाउन दुई देशबीच छलफल भइरहेको छ । रेलवे लाइन जोड्न काम पनि भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस