२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब पूर्व माओवादीहरू एक ठाउँमा भेला हुनुपर्छ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब पूर्व माओवादीहरू एक ठाउँमा भेला हुने समय आएको बताएका छन्।

जनयुद्ध ,शहिद तथा बेपत्ताको योगदान र नेतृत्व दायित्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सामान्य हलमा जुटेर छलफल गरे पनि यो महत्त्वपूर्ण कार्यको थालनी भएको बताए। 

माओवादी आन्दोलन कमजोर नभए पनि आफूहरू विभिन्न धार र भंगालामा बाडीएपछि प्रभाव घटेको भन्दै अब फेरि एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको औँल्याए।

माओवादीहरू विभिन्न धारामा विभाजित भएको बुझेरनै प्रतिक्रियावादीले विभिन्न किसिमका भ्रमहरू छर्ने र घेरा हाल्ने षडयन्त्र गरिरहेको आरोप लगाए।

‘हामी अहिले एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकता बोध भएको छ। सबै साथीलाई यो विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्दछु’, उनले भने, ‘एक पटक माओवादीहरू एक ठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्ति र तत्त्वहरू धेरै कमजोर हुनेछन् माओवादीले फेरि एक पटक विजयको नयाँ यात्रा सुरु गर्न सक्छ,’ उनले भने।

उनले पूर्वमाओवादी फेरि एक ठाउँमा आउनेमा आफू आशावादी रहेको भन्दै सबैलाई त्यसको निम्ति अपिलसमेत गरेका छन्।

‘विभिन्न समयमा विभिन्न ढङ्गले फरक-फरक ठाउँमा पुगे पनि अब पुनः एक ठाउँमा उभिएर सहिद बेपत्ता योद्धाको भावना र सपनालाई सम्बोधन गर्ने हो भने त्यो दिन विजयको नयाँ दिन हुनेछ’, उनले भने। 

माओवादी आन्दोलन अहिले विभिन्न भंगालोमा विभाजित भएको भन्दै सबै भंगला अब एक ठाउँमा मिसिएर सागर बन्दै बाबुराम, विप्लव, किरण र धर्मेन्द्रहरूले हाँशिल गरेका अनुभवलाई आफ्नो अनुभव र सफलता मान्नुपर्ने बताए। 

प्रतिक्रिया दिनुहोस