काठमाडौँ । विश्व फुटबल महासङ्घ फिफाले प्रदान गर्ने ‘फिफा उत्कृष्ट अवार्ड’ अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र महिलातर्फ एलेक्सिया पुटेलसले जितेका छन् ।
विश्व फुटबल महासङ्घ फिफाले हरेक वर्ष प्रदान गर्दै आएको ‘फिफा द वेस्ट अवार्ड’ अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले जितेका छन् ।
पेरिसमा भएको एक समारोहमा उनले प्रतिद्वन्द्वीहरू फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै पुरुषतर्फ वर्षको उत्कृष्ट अवार्ड जितेका हुन्।
मेस्सीले अर्जेन्टिनालाई फिफा विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए। यसअघि फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीन जनाको नाम तय गरिएको थियो। सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरूलाई छनोट गरिएको हो।
सन् २०१८ वाट सुरु भएको यो अवार्डका लागि मेस्सी अन्तिम तीनमा पर्न एक पटक मात्र असफल भएका खेलाडी हुन्। यी तीनमध्ये सन् २०१९ मा अर्जेन्टिनाका कप्तान मेस्सीले ‘द वेस्ट फिफा अवार्ड’ जितिसकेका छन्।
महिलातर्फ भने एलेक्सिया पुटेलसले उत्कृष्ट अवार्ड जितेकी छिन्। त्यस्तै इङल्याण्डकी मेरी इयर्पले उकृष्ट गोल किपरको अवार्ड जितेकी छिन्।