काठमाडौँ । जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भए पछि दार्चुलाका एकजना वडा अध्यक्ष फरार भएका छन् । जर्बजस्ती करणीको आरोप लागे लगत्तै मालिकार्जुन गाउँपालिका-३ का वडा अध्यक्ष मदनसिंह धामी फरार भएका हुन् । गत शुक्रबाबाट फरार भएका वडाध्यक्ष धामी अझै भेटिएका छैनन् ।
फरार धामीले सोही गाउँपालिकाका महिलालाई गत २० माघमा राती घरमा गएर जर्वजस्ती गरेको भन्दै गत शुक्रवार पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिइन् ।
सोही जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा धामी फरार भएका हुन् । फरार धामीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।