३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बूढानीलकण्ठमा महिलाको हत्यामा संलग्न पक्राउ

अ+ अ-

काठमाडौँ । गत साउन १२ गते बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित एक महिलाको हत्या गरी घरमा रहेको सुन, चाँदी लगायतका गहना लुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

छोरी गीता ढकालको घरमा बस्ने रसुवाको उत्तरगया गाउँपालिका–५ की ५५ वर्षीया पार्वती ढकालको हत्यामा संलग्न अभियुक्त काठमाडौँ तारकेश्वर बस्ने नुवाकोटको ककनी गाउँपालिका–२ का ३० वर्षीय सुदामा लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

लामिछानेलाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले कपिलवस्तुबाट गत साउन ३२ गते पक्राउ गरी आज महाशाखामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

अभियुक्त लामिछानेले लुटेको गहना वनस्थली नर्सरीचोकस्थित दीपज्योती सुनचाँदी पसलमा एक लाख १५ हजारमा बिक्री गरी कपिलवस्तुमा गई लुकीछिपी बस्दै भारततर्फ जानका लागि भारतीय रुपैयाँ समेत सटही गरी बसेका अवस्थामा पक्राउ गरिएको आज आयोजित पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।

उक्त घटनाको अनुसन्धानका क्रममा गीताको घरमा करिब एक हप्ता काम गरी एक हजार लिएर काम छोडी हिँडेका लामिछानेले दुई हप्तापछि विदेश जान लागेको भन्दै मृतक पार्वतीसँग पैसा मागेको तर पैसा नभएको भनेपछि फर्किएर गएको खुलेको छ ।

त्यसको केही दिनपछि बालाजुस्थित होटलमा साथीसँगै बसेर गीताको घरमा लुटपाट गर्ने योजना बनाई उक्त दिन घरमा पुगेर मृतक पार्वतीलाई ह्याम्मर प्रहार गरी दराजमा रहेको सुनको चुरा दुई थान, बाला दुई थान, औँठी दुई थान, लकेटसहितको सिक्री एक थान, झुम्का एक जोर गरी करिब २७ तोला सुन, आइप्याड एक थान र घडी एक थानसमेत लुटी फरार भएका थिए ।

हत्याका क्रममा लामिछानेसँग साथमा रहेका नाम र वतन नखुलेका ‘भरौटे’ भन्ने व्यक्तिलाई अझै पक्राउ गर्न नसकिएको र उनको खोजी जारी रहेको वरिष्ठ उपरीक्षक अमात्यले जानकारी दिए ।

गीता ढकालको ट्याब, गहना पगालेको सुन २३.४३ ग्राम र भारत जानका लागि साटेको भारतीय रुपैयाँ २९ हजारसमेत बरामद गरी पक्राउ परेका लामिछानेलाई आवश्यक कानुनी कारबाहीका लागि महाशाखाले महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाएको छ ।

साथै अभियुक्त लामिछानेले ल्याएका बिल नभएका सुनका गरगहना बिक्री वितरणमा संलग्न अन्य दुई जना र खरिद गर्ने सुन पसले समेतका तीन जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । उक्त सुनका गरगहना दीपज्योति सुनचाँदी पसलका सञ्चालकले पगालीसकेका अवस्थामा बरामद भएको छ ।

निज लामिछाने वि.सं. २०६३ असोजमा जबर्जस्ती करणी (अप्राकृतिक मैथुन) मुद्दामा पक्राउ परी आठ वर्ष जेल सजायसमेत भुक्तान गरी वि.सं. २०७१ मा छुटेको समेत महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस