१.
आमाको छातीमा निलडाम भएको छ
जे भएको छ खुलेआम भएको छ
जय नेपाल लाल सलाम जे भने नि
दिल्ली सरकार चारधाम भएको छ
२.
आँखा दुइटा देको, धेरै हेर्नु भनेर प्रचण्डलाई
कान दुइटा देको, धेरै सुन्नु भनेर प्रचण्डलाई
धेरै बोल्दा यतै नास उतै नास हुने भएकोले
जिब्रो यौटा देको, थोरै बोल्नु भनेर प्रचण्डलाई