२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक उथलपुथलबाट हाम्रो संस्कृतिमा आक्रमण भयो : मन्त्री यादव

अ+ अ-

दाङ । लुम्बिनी प्रदेशका उद्योग‚पर्यटन विकास तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादवले राजनीतिक उथलपुथलका कारण हाम्रो संस्कृतिमा आक्रमण भएको बताएका छन्।

शनिबार दाङ घोराहीस्थित धारपानीमा शिवरात्रिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले केही वर्षदेखि भएको राजनीतिक उथलपुथलले हाम्रो हिन्दु संस्कृतिमाथि आक्रमण भएको बताए।

उनले भने, ‘हामी हिन्दु हौँ। सनातन धर्म मान्ने नेपालीले हिन्दुमा विश्वास राख्छौँ। हाम्रा मन्दिरका मूर्तिहरू तोडिए। हामी जुनसुकै राजनीतिक दलमा भए पनि जुन दलमा आस्था राखे पनि हामी हिन्दु हौँ। हामी हिन्दु धर्ममा गर्व गर्छौँ।’

यसैगरी उनले मानिस जन्मँदा हिन्दु धर्म भएर जन्मिने गरेको भए पनि पछि लोभ वा प्रलोभनमा परेर धर्म परिवर्तन गर्ने गरेको पनि उल्लेख गरे। धर्म भनेको संस्कृतिसँग जोडिएको हुने भएकाले जुन देशको संस्कृति राम्रो हुन्छ। त्यसले त्यस देशका जनतालाई सभ्य बनाउने पनि बताए।

उनले भने, ‘जुन घरमा संस्कृति छैन, संस्कार छैन। त्यो घरपरिवारको जीवनस्तर राम्रो हुँदैन। त्यसैले हामी नेपालीले संस्कृति र संस्कारलाई मान्नु पर्छ।’

उनले धारपानी मन्दिरमा धर्मशाला आवश्यक रहेको भन्दै त्यसका लागि मन्त्रालयले सहयोग गर्ने समेत बताए। उनले भने, ‘यो मन्दिरले लुम्बिनी प्रदेशलाई समृद्ध बनाउनेछ। यहाँका नागरिकको जीवन स्तर माथि उठ्नेछ। त्यसले यो मन्दिरलाई व्यवस्थापन गर्न जरुरी छ।’

उनले लुम्बिनी प्रदेशमा देशकै महत्त्वपूर्ण मन्दिरहरू रहेको पनि उल्लेख गरे। ‘लुम्बिनी पनि यही प्रदेशमा पर्छ। स्वर्गद्वारी मन्दिर पनि यही प्रदेशमा छ। विश्वकै अग्लो त्रिशूल भएको मन्दिर यहीँ छ। यस्ता धेरै संस्कृति तथा पर्यटकीय स्थल रहेका छन्। सबैलाई व्यवस्थापन गरेर पर्यटन व्यवसायलाई सफल बनाउन सके लुम्बिनी प्रदेश छिट्टै समृद्ध प्रदेश बन्छ’, उनले भने।

यस्तै उनले आफू जुनसुकै पार्टीबाट मन्त्री बने पनि प्रदेशको विकासमा कुनै विभेद नगर्ने समेत बताए। उनले प्राकृतिक सम्पदाको पहिचान गरेर मन्त्रालयमा आउन समेत आग्रह गरे। उनले यो देशलाई माथि उठाउने पर्यटन र कृषि रहेको पनि बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादवलगायतका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतका सुरक्षा निकायका प्रमुख सहभागी थिए।

घोराही उपमहानगरपालिका ५ धारपानीस्थित विश्वकै अग्लो त्रिशूल रहेको उक्त मन्दिरमा बिहानैदेखि दर्शनार्थीको चहलपहल बढेको हो। महाशिवरात्रिको अवसरमा मन्दिरमा बिहान ३ बजेदेखि नै भगवान् शिवको पूजापाठ तथा आराधाना सुरु भएको पाण्डेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद अधिकारीले जानकारी दिए।

द्वापर युगको अन्त्यमा श्रीकृष्णको स्वर्गारोहण पश्चात् पाँच पाण्डवले यहाँ आएर पूजाअर्चना गरेकाले यसलाई पाण्डवेश्वर महादेव भनिएको विश्वास छ। शिवरात्रिमा दाङ जिल्लाकै सबैभन्दा ठुलो शिवको तीर्थस्थल भएकाले हजारौँ दर्शनार्थीको भीड लाग्छ।

जिल्लाको तुलसीपुरको शीतल पुर‚ बेलझुण्डी‚ बिजौरीमा लगायतका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ।

प्रतिक्रिया दिनुहोस