२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चमा रिट परेपछि काँग्रेसद्वारा कानून व्यवसायीहरूसँग छलफल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले कानून व्यवसायीहरूसँग छलफल गरेको छ।

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र प्रमुख सचेतक रमेश लेखकलगायतले कानून व्यवसायीहरूसँग छलफल गरेका हुन्।

काँग्रेसले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि आफूहरू प्रमुख प्रतिपक्षमा बस्ने काँग्रेसको निर्णय थियो।

तर सरकारलाई समर्थन गरेको पार्टी प्रमुख प्रतिपक्षी दल नहुने भन्दै नेमकिपा लगायतले विरोध गर्दै आफूहरूलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुपर्ने अडानसमेत राखेका थिए। यसबारे सर्वोच्च अदालतमा रिटसमेत परेको छ।

कानून व्यवसायीहरूले सभापति देउवासहित पदाधिकारीसँग आज गरेको छलफलमा प्रमुख प्रतिपक्षी दलको हैसियत काँग्रेसले नै पाउने बताएका थिए।

काँग्रेसले संघीय संसद सचिवालयलाई प्रमुख प्रतिपक्षी दलका नेताको सेवा तथा सुविधाबारे जानकारी दिन पत्रसमेत पठाएको र संघीय संसद सचिवालयले काँग्रेसलाई प्रमुख प्रतिपक्षी दल भएको पत्रसमेत दिएको थियो।

काँग्रेसले पूर्व महान्यायाधिवक्ता खम्बाबहादुर खाती, रमण श्रेष्ठ, कानून व्यवसायीहरू शम्भु थापा, राधेश्याम अधिकारी लगायतलाई छलफलमा बोलाएको थियो। कानून व्यवसायीहरूले प्रतिपक्षी दलको हैसियत काँग्रेसकै हुने बताएको एक पदाधिकारीले जानकारी दिए।

अधिवक्ता विमल पोखरेलले काँग्रेसलाई प्रमुख प्रतिपक्षी दलको हैसियत दिएको भन्दै संघीय संसद सचिवालयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए। न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट दर्ताका लागि आदेश दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस