झलनाथ खनाल भारत प्रस्थान « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

झलनाथ खनाल भारत प्रस्थान


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बिहीबार भारत प्रस्थान गरेका छन्।

भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११ औँ अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रूपमा सहभागी हुन पूर्व प्रधानमन्त्री नेता खनाल त्यसतर्फ प्रस्थान गरेका हुन्।

भारतको पटनामा हुने महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ।

पार्टीको विदेश विभाग प्रमुखसमेत रहेका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, सम्मानित नेता खनालका पत्नी रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा. शङ्कर खतिवडा छन्।

प्रतिनिधिमण्डलको दुई दिनको कार्यक्रम सकेर काठमाडौँ फर्कने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस