३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गल्याङ नगरपालिकाले विद्यार्थीलाई नि:शुल्क पढाउँदै

अ+ अ-

काठमाडौँ । स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ। नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा पढ्ने अति गरिब, विपन्न तथा जेहेनदार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्ययन गराउन थालेको हो।

नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरतमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यले बताए।

नगरपालिकाले क्याम्पसमा पढ्ने अति विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्क बापत जनही १० हजार आठ सय रुपैयाँ प्रदान गरेको हो। कक्षा ११ र १२ विद्यार्थीलाई मासिक तीन सय रुपैयाँका दरले वर्षभरिको तीन हजार छ सय रुपैयाँ उपलब्ध गराइएको उनले बताए।

‘क्याम्पस तथा विद्यालयले अति विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीको आवेदन खुलाउने र त्यसैका आधारमा विद्यार्थीले आवेदन भरेका हुन्’, उनले भने, ‘प्राप्त आवेदनमाथि विद्यालयले छानबिन गरी वास्तविक विद्यार्थी छनोट गरी नगरपालिकामा सिफारिस गरेको आधारमा यहाँबाट पूर्ण छात्रवृत्ति उपलब्ध गराएका हौँ।’

पूर्ण छात्रवृत्ति प्राप्त गरेको विद्यार्थी उत्तीर्ण भएमा मात्रै अघिल्लो कक्षाका लागि पुनः छात्रवृत्ति प्राप्त गर्नेछन्। अनुत्तीर्ण भएकाले भने उक्त सुविधा अघिल्लो कक्षामा नपाउने उनले बताए। आर्थिक अभावकै कारण कोही पनि शिक्षा पाउनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य सहित नगरपालिकाले यो अभियान थालेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए।

नगरको शैक्षिक रूपान्तरणका लागि यस अभियानले विद्यार्थीमा पढाइतर्फ थप प्रोत्साहन मिल्ने उनको विश्वास छ। नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई १२ लाख ६९ हजार रुपैयाँ छात्रवृत्ति स्वरूप प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस