काठमाडौँ । बागमती प्रदेशमा ११ वटा मन्त्रालय हुने भएको छ। प्रदेश मन्त्रालयको संख्या घटाउन सुझाव दिने उद्देश्यले बनाइएको कार्यदलले मङ्गलवार आफ्नो सुझाव प्रतिवेदन पेस गर्दै प्रदेशमा ११ मन्त्रालय प्रस्ताव गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कार्यदलले मङ्गलवार दिउँसो भेटेर आफ्नो प्रतिवेदन बुझाएको हो।
प्रतिवेदनमा प्रदेशमा ११ मन्त्रालयको नामसहित सुझाव बुझाइएको भए पनि सुझाव प्रतिवेदनमार्फत कार्यदलले नौ वटा मन्त्रालयको समेत प्रस्ताव गरेको छ।