काठमाडौँ । पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त विमानमा चालक दलसहित ७२ जनामध्ये १० जना विदेशी यात्रु रहेको प्रारम्भिक सूचना छ ।
आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एनवाईटी ६९१ विमान ११ बजे पोखरामा दुर्घटना भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार विदेशीहरू पर्यटक रहेको खबर छ । उनीहरू कुन कुन देशका नागरिक हुन् भन्ने खुलिसकेको छैन ।