३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा नै संसद विघटनको गुरु हुन् : केपी ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा नै संसद विघटनको गुरु रहेको बताएका छन्।

मङ्गलवार संसदमा बोल्दै ओलीले संसद विघटनको गुरु देउवा नै रहेको बताएका हुन्। राजनीतिक घटनाक्रमलाई आफू अनुकूल व्याख्या गर्न नहुने ओलीको भनाइ छ।

‘१५ सालमा बनेको संसद्लाई १७ सालमा विघटन गर्ने राजा महेन्द्र हुन् होइन। २०४८ को संसद्लाई विघटन गरेर ०५१ मा मध्यावधि गर्ने काँग्रेस हो म होइन। गुरुजी, आफूले कति पटक संसद विघटन गरियो। मेरा मित्रलाई म भन्न चाहन्छु २०५८ साल असारमा संसद विघटन गरेको तपाईँले होइन,’ उनले भने।

देउवाले त्यस बेला संसद विघटन गर्दा सबैले विरोध जनाए पनि आफूले मात्रै समर्थन गरेको ओलीको भनाइ थियो। संसद विघटन गरेर जनताका जाने काम प्रतिगमन नभएको उनले दोहोर्‍याए।

यसअघि विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा बोल्दै सभापति देउवाले सोमबार ओलीले संसदमा गरेको सम्बोधनप्रति ध्यानाकर्षण भएको बताएका थिए।

‘संसद विघटनको सवालमा केपी ओलीले गरेको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको छ। उहाँको बोलीपछि संविधानको रक्षाका लागि खरो रूपमा उभिने बेला आएको छ,’ उनले भने। प्रधानमन्त्री प्रचण्ड पनि संविधानको रक्षाका लागि खरो रूपमा उभिने विश्वास रहेको बताए।

प्रतिक्रिया दिनुहोस