१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिकाको भुल्ने र खेल्ने साधन नै ‘मोबाइल’

अ+ अ-

कैलाली । जिल्लाको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्छन्। उनका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई तनाव हुन थालेको छ। छोराले मोबाइलमा विभिन्न एपहरू चलाउने, विभिन्न खेलमा रमाउने गर्न थाल्दा बच्चाको पढाइ बिग्रिएको छ।

उनले भने, ‘छोराले मोबाइल बढी चलाउने र  किताब कम पढ्ने गर्न थालेको छ । कोरोना महामारीका बेला अनलाइनमा पढ्थ्यो, पछि लत लागेछ। आजभोलि बच्चालाई मोबाइलमा खेल्ने बानी बसेको छ। उसले किताब छुनै मान्दैन, घर बाहिर साथीहरूसँग पनि खेल्दैन।’

बालबालिकाको मोबाइलप्रतिको लत देखेर अभिभावक चिन्तित बन्न थालेका छन्। करणजस्तै हरि चौधरीलाई पनि यस्तै तनाव छ। हरिका १३ वर्षीय छोरा पनि मोबाइलमा बढी भुल्न थालेका छन्। ‘मेरो बच्चाको भुल्ने र खेल्ने साधन नै मोबाइल बनेको छ। पहिला फुर्सद हुने बित्तिकै साथीसँग खेल्न जान्थ्यो, उनले भने, ‘आजभोलि स्कुलबाट आउने बित्तिकै मोबाइल खोज्छ। घरभित्र एक्लै मोबाइलमा व्यस्त हुन्छ।’

पछिल्लो समय बालबालिका मोबाइलप्रति बढी नै आकर्षित हुन थालेपछि अभिभावक चिन्तित हुन थालेका छन्। बालबालिकालाई खुसी राख्न मोबाइल दिएका अभिभावक अहिले पछुताउन थालेका छन्। मोबाइलको गलत प्रयोग हुँदा अभिभावकलाई समस्या हुन थालेको छ।

 बढ्दो आधुनिकतासँगै बालबालिकामा मोबाइलको प्रयोगले अभिभावक चिन्तित बन्दै छन्। पछिल्लो समय बालबालिकाको खेलौना र साथी नै मोबाइल बन्न थालेको छ। कतिपय अवस्थामा बालबालिकालाई खाना खुवाउँदा पनि मोबाइल चाहिने अभिभावकको गुनासो छ। ‘आफू काममा व्यस्त रहँदा बच्चालाई मोबाइल दिएर भुलाएँ, आजभोलि खाना खाँदा पनि मोबाइल चाहिन्छु, टीकापुरकी वन्दना धामीले भनिन्, ‘बच्चाको क्रियाकलाप देखेर अहिले त चिन्ता बढेको छ। बच्चा मोबाइलबिना केही गर्न मान्दैन।’

जानकी गाउँपालिकाकी जानकी न्यौपाने आफ्ना बच्चा मात्र होइन, छिमेकीका बच्चा देखेर पनि आफू पीडामा रहेको बताउछिन्। ‘विगतमा घर नजिकैको चौरमा स्कुलपछि बालबालिका फुटबललगायतका विभिन्न खेल खेल्थे, आजभोलि चौर खाली हुन्छु, उनले भनिन्, ‘अचेल घरघरमा बालबालिका मोबाइल, टेलिभिजनमा भुलेका हुन्छन्, बालबालिका विद्यालय जान्छन्, विद्यालयबाट फर्केपछि कोठाभित्रै विभिन्न प्रविधि चलाएर बस्छन्।’

अभिभावकहरू बालबालिका घरभित्रै बस्दा सामाजिक हुन नसक्ने चिन्ता व्यक्त गर्छन्। बालबालिकामा मोबाइलप्रतिको आकर्षण बढ्दै जानुमा अभिभावक नै जिम्मेवार भएको एक मनोसामाजिक परामर्शदाता धनराज विकको भनाइ छ। अभिभावककै कमजोरीका कारण उनीहरूमा भोलिका दिनमा विकराल समस्या आउन सक्ने उनी बताउँछन्।

‘बालबालिकालाई अभिभावकले समय दिएकै छैनन्, अभिभावक काममा व्यस्त रहने, बालबालिकाको हातमा मोबाइल दिने गलत कार्य हो, उनी भन्छन्, ‘बालबालिकालाई घुम्न लैजाने, आफूसँगै विभिन्न खेल खेलाउने, घरको काम सिकाउने काम अभिभावकको हो। अभिभावकलाई समय छैन। अनि बालबालिका मोबाइलमा भुल्छन्।’

मोबाइल चलाउनु नराम्रो होइन। मोबाइल, कम्प्युटर चलाएर, टेलिभिजन हेरेर ज्ञान लिन सके राम्रै हुन्छ। मोबाइल तथा सामाजिक सञ्जालबाट सही सूचना र सही ज्ञान लिएमा जीवनमा काम लाग्छ तर यसलाई लतका रूपमा प्रयोग गरेमा बेफाइदा हुनेमा सचेत हुन आवश्यक छ।

बालक रुने बित्तिकै उसलाई फकाउन मोबाइल दिनुको साटो उनीहरूलाई विभिन्न आकर्षक चित्र देखाएर र उनीहरूसँगै खेलेर अनि समय दिएर यस्तो प्रवृत्तिलाई न्यूनीकरण गर्न सकिने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीको सुझाव छ। ‘विभिन्न रमाइला चित्र भएका पुस्तक दिने, कथा सुनाउने, ज्ञानवर्धक चलचित्र देखाउने गर्न सकिन्छु, उनी भन्छन् , ‘बढी मोबाइल चलाएमा स–साना बालबालिकामा विभिन्न मस्तिष्क र आँखासम्बन्धी समस्या हुनसक्ने जोखिम रहेकाले समयमै सचेत बन्न आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस