कसैसँग पार्टी एकीकरणको प्रक्रिया भएको छैन : जगन्नाथ खतिवडा « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

कसैसँग पार्टी एकीकरणको प्रक्रिया भएको छैन : जगन्नाथ खतिवडा


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टी कुनै पार्टीसँग एकीकरण गर्ने गरी अगाडि नबढेको बताएका छन् । 

‘बजार हल्लाको भ्रममा नपरौँ, हाम्रो पार्टी नेकपा (एकीकृत  समाजवादी) कुनै पार्टीसँग एकीकरण गर्ने गरी अगाडि बढेको छैन’, प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यतिबेला पार्टी सुदृढीकरणको योजना बनाउँदै छ ।’

नेता खतिवडाले पार्टी विस्तारका अभियानहरू कसरी अगाडि बढाउने भनेर विचार विमर्शमा भइरहेको पनि बताएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस