२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सेवाग्राहीलाई झर्केर होइन, सम्मान गरेर बोल्नुपर्छ’

अ+ अ-

दाङ । सेवाग्राहीसँग मीठो बोली, सम्मानजनक व्यवहार र छिटो सेवाप्रवाह । यही विशेषताले लोकप्रिय छवि छ- दाङ राप्ती गाउँपालिका । गाउँपालिकामा गएपछि सेवाप्रवाहलाई चुस्त, दुरुस्त र सेवाग्राहीमैत्री वातावरण दिइन्छ ।

सेवाग्राहीसँग झर्केर होइन, सम्मान गरेर बोल्नुपर्छ भन्ने मान्यता स्थापित गर्दै आफूले मात्रै होइन, पालिकाका सबै जनप्रतिनिधि र कर्मचारीलाई सेवाग्राहीमा गरिने व्यवहार परिवर्तन भएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । ‘हाम्रो एउटा काम भनेको प्रभावकारी सेवाप्रवाह हो’ उनले भने, ‘हामीले सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न बोली वचनमा सुधार गरेका छौँ ।’

सेवग्राही बोलीबचनले पनि धेरै खुशी हुने भन्दै सुरुआतीमा सबैको बोली, बचनमा सुधार गरेको उनको भनाइ थियो । स-साना कुरा सुधार गरेमा त्यसले ठूलो उपलब्धि हासिल गर्ने बताए । ‘पहिले हाम्रो व्यवहार परिवर्तन गर्नुपर्छ’, उनले भने, ‘विकास आफै हुन्छ’, सडक, विद्युत मात्रै विकास नभएको भन्दै सुशासनयुक्त, सभ्य, मर्यादित र स्वस्थ समाज निर्माण गर्नु पनि विकास भएको पालिका अध्यक्ष विष्टको भनाइ छ ।

पालिकाले सुरुआतमै विद्यालय क्षेत्रभित्र जङ्कफुडमा प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । त्यो निर्णयको चौतर्फी स्वागत भयो । सरकारी तथा गैरसरकारी कार्यालयमा कोल्ड ड्रिङ्स, प्लास्टिकका खादा र मालामा पनि प्रतिबन्ध लगाइयो । यसको उद्देश्य नागरिकको स्वास्थ्यमा सुधार ल्याउने र स्थानीय कृषि उत्पादनलाई प्रवद्र्धन गर्नु रहेको अध्यक्ष विष्टले बताए । अहिले विद्यालयमा जङ्कफुड पनि प्रयोग हुँदैन भने प्लास्टिकका खादा, माला केही पनि प्रयोग हुँदैनन् । जङ्कफुड नियन्त्रण अभियानका लागि भास्कर तेजश्री प्रतिष्ठानसँग सहकार्यका लागि पनि प्रक्रिया अगाडि बढाइएको अध्यक्ष विष्टले बताए ।

राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको स्थानमा संरचना निर्माणदेखि व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको छ । अध्यक्ष विष्टका अनुसार राप्ती गाउँपालिका-३ स्थित प्राविधिक शिक्षालयलाई स्थानान्तरण गरेर त्यहाँका संरचना निर्माणमा समन्वय गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

संरचना निर्माणपछि अहिले स्थायी राजधानी नै राप्ती उपत्यका (भालुवाङ) आएको छ । गाउँपालिकाले मन्त्रालयका भवन भाडामा खोज्नेदेखि लिएर सांसदलाई कोठाभाडा खोज्ने काम पनि भएको छ । त्यसको समन्वय पनि कार्यापालिका बैठकबाट निर्णय गरेर राप्ती गाउँपालिकाले नै गरेको छ ।

विकास र सेवामा जोड

पालिकाले विकास र सेवामा पनि जोड दिएको छ । गरिब, विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षा तथा छात्रबृत्ति प्रदान गर्नका लागि निःशुल्क शिक्षासम्बन्धी कार्यविधि, २०७९ तथा राप्ती गाउँपालिकाको छात्रवृत्ति वितरणसम्बन्धी कार्यविधि २०७९ स्वीकृत गरेको छ ।

त्यस्तै राप्ती गाउँपालिका-२ बाहुनीपाटामा सोलार लिफ्टिङ गरी सिँचाइको व्यवस्था गरिएको छ । जसले गर्दा त्यहाँ सिँचाइ सुविधा विस्तार भएको छ । त्यस्तै भालुवाङमा ५० शैंयाको अस्पताल सञ्चालन गर्न चारकोठे प्रि-फ्याब भवन निर्माण गरिएको छ । सोही अस्पतालमा साइमन इन्स्टिच्युटसँगको सहकार्यमा एमडिजीपीबाट विशेषज्ञ सेवा प्रदान गरिएको छ ।

राप्ती-५ सिसहनीयामा १५ शय्याको अस्पतालको निर्माणकार्य सुरुआत भएको छ । पालिकामा आँखा स्वास्थ्यको सेवा विस्तार प्रक्रिया अघि बढेको छ । तिलगङ्गा आँखा अस्पतालको शाखा राप्ती गाउँपालिकामा खोल्ने गरी प्रक्रिया अघि बढेको अध्यक्ष विष्टले बताए । कोभिड-१९ तथा अन्य महामारीलाई लक्षित गरी कम्पार्टमेन्ट बेड र अक्सिजन सिलिन्डरसहितको मल्टिप्रपोज सेल्टर १६ बेडको सञ्चालन गर्ने तयारी छ । त्यसका लागि राप्ती गाउँपालिका वडा नं ८ मा जग्गा छनोट गरिएको छ ।

पालिकाले भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउनका लागि निस्सा वितरण गरेको छ । नागरिकका गुनासो सुन्नका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याइएको छ । अध्यक्ष विष्टका अनुसार पालिकाभित्र उत्पादन भएको कुहिने र नकुहिने फोहर व्यवस्थापन गर्ने गरी सरसफाइ केन्द्र स्थापनाका लागि जग्गा छनोट गरी जग्गाधनीसँग सम्झौता गरिएको छ ।

पालिकाभित्र कम भोल्जेटको समस्याले विद्युतीय उपकरणमा समस्या देखिएको छ । यसलाई समाधान गर्नका लागि राप्ती गाउँपालिका-२ मा स्थान छनोट गरी विद्युत्को सबस्टेशन निर्माणको प्रक्रिया अघि बढेको अध्यक्ष विष्टले बताए । त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र राप्ती गाउँपालिकाबीच स्वास्थ्यसम्बन्धी अनुसन्धानका विविध क्षेत्रमा अध्ययन-अनुसन्धान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । किसानले उत्पादन गरेको तरकारीलाई बजारीकरण गर्नका लागि सिसहनिया बजारमा तरकारी सङ्कलन केन्द्र निर्माणकार्य अघि बढेको छ ।