टेन्डर खोलेर मठ-मन्दिर बनाउन दिन हुन्न : चिरिबाबु महर्जन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

टेन्डर खोलेर मठ-मन्दिर बनाउन दिन हुन्न : चिरिबाबु महर्जन


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । ललितपुरका मेयर चिरिबाबु महर्जनले भूकम्पले क्षति पुर्‍याएका मठ-मन्दिर टेन्डर खोलेर निर्माण गर्न नहुने बताएका छन्।

बिहीबार काठमाडौँ २८औँ महानगर दिवसको अवसरमा बोल्दै सम्पदा क्षेत्र समेत रहेको काठमाडौँले मठ-मन्दिर बनाउन नेपाल सरकारलाई टेन्डर खोलेर काम गर्न नदिन सुझाव दिएका हुन्।

एउटा टेन्डर हालेको कम्पनीले राम्रो काम गर्ने भएतापनि राम्रो काम नगर्ने कम्पनीले टेन्डरमा कम पैसा राखेका कारण उसैलाई दिनुपर्ने बाध्यात्मक परिस्थिति हुने उनले बताए।

यस्तै मेघा प्रोजेक्ट गर्न काठमाडौं महानगर एक्लैले गर्न गाह्रो हुने हुँदा अरू महानगरसँग पनि सहकार्य गर्नुपर्ने बताए।

ललितपुर महानगरले यो वर्षमात्रै ३० किलोमिटर साइकल लेन बनाउने योजना बनाएको पनि उनले बताए। उनले विभिन्न नगरपालिकासँग सहकार्य गरी शिवपुरीसम्म साइकल लेन बनाउन पनि सुझाव दिएका छन्। 

महानगर दिवसको अवसरमा उनले काठमाडौं महानगरलाई ‘दाइ महानगर’ को संज्ञा दिँदै हेप्पी बर्थ डे भनेर शुभकामना समेत दिए। 

Tags :
प्रतिक्रिया दिनुहोस