३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विजय गच्छदार विशेष अदालतमा, बालुवाटार जग्गा प्रकरण मुद्दाको सुनुवाइ जारी 

अ+ अ-

काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारमाथिको मुद्दा विशेष अदालतमा अहिले सुनुवाइ भइरहेको छ ।

न्यायाधीशत्रय श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो । गच्छदार अदालत पुगेर तारिख बुझेर केहीबेरअघि फर्किएका छन् । मुद्दाका कारण गच्छदारको सांसद पद निलम्बनमा परेको थियो । यो पटक सुनसरी ३ बाट उम्मेदवारी दिएका गच्छदार एमालेकी भगवती चौधरीसँग पराजित भए ।

अख्तियारले दायर गरेको मुद्दामा थुनछेक बहसपछि गत असार ३० गते गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो ।

पटक-पटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेका गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो । असार ३० गते बिहान गच्छदार आफैँ विशेष अदालत पुगेर थुनछेक बहसमा सहभागी भएका थिए ।

गच्छदारले यसअघि देउवालाई आफूमाथि अन्याय भएको भन्दै बालुवाटार प्रकरणबाट जोगाउन आग्रह गर्दै आएका थिए । देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै गच्छदारले अदालतमा आत्मसमर्पण गरेका थिए ।

गत वर्ष फागुनमा विशेषले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार उपस्थित नभई फरार थिए । उनको नाममा पुनस् म्याद जारी गरेको थियो । अदालतले दोस्रोपटक गच्छदारको काठमाडौँको स्थायी ठेगानामा म्याद जारी गरेको थियो ।

गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रूपमा गैरकानूनी कार्य गरेको अभियोग-पत्रमा उल्लेख छ । ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्धको मुद्दा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस