२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्नै सकस

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा समानुपातिकतर्फको ७५ प्रतिशत बढी मत गणना भइसक्दा नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी बन्न चाहिने ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न सकस परिरहेको छ।

आइतबार बिहानसम्म समानुपातिकतर्फ ८३ लाख ९२ हजार २९८ मत गणना हुँदा एकीकृत समाजवादीले २ लाख २२ हजार ७५७ मत पाएको छ। अर्थात् अहिलेसम्म उसको मत २.६५ प्रतिशत पुगेको छ।

९ लाख मत गणना हुँदा १.५ प्रतिशतको हाराहारीमा मत पाएको एकीकृत समाजवादीको मत पछिल्लो समय बढ्दै गएको छ तर त्यसको गति निकै धिमा छ।

१९ लाख मत गणना हुँदा एकीकृत समाजवादीले १।७ प्रतिशत मत पाएको थियो। ४८ लाख मत गणना हुँदा भने उसले २ प्रतिशत मत कटाएको थियो। शनिबार बिहान ६७ लाख मतगणना हुँदा एकीकृत समाजवादीले २.५ प्रतिशत मत पाएको थियो। ४८ लाखदेखि ६७ लाखसम्मको गणनामा उसको मत केही बढेको थियो।

एकीकृत समाजवादी तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्नेतर्फ अग्रसर भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चासो व्यक्त गरेका थिए।

शनिबार साँझ एकीकृत समाजवादीलाई संकेत गर्दै समानुपातिकतर्फ केही दलको मत अस्वाभाविक रूपमा बढ्दै गएको ओलीले बताएका थिए।

‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत मत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ’ भन्दै ओलीले मतगणनास्थलमा रहेका आफ्ना प्रतिनिधिहरूलाई चनाखो हुन भनेका थिए।

७६ लाख मत गणना हुँदासम्म एकीकृत समाजवादीको मत २.५५ प्रतिशत थियो। ८३ लाख मत गणना भएपछि एकीकृत समाजवादीले २.६ प्रतिशत मत पाएको देखिन्छ।