विराटनगर । निर्वाचनको अघिल्लो दिन आज शनिबार विराटनगरमा शङ्कास्पद बस्तु फेला परेको छ ।
शनिबार बिहान विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको हो । सडकको छेउमा बिहान साढे ६ बजे शङ्कास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लास्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको अवस्थामा शङ्कास्पद बस्तु फेला परेको हो ।
शङ्कास्पद वस्तु भेटिएको स्थान वरपर सर्वसाधारण तथा सवारीसाधनको आवतजावतमा रोक लगाउँदै प्रहरीले घटनास्थललाई सुरक्षित राखेर उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाएको छ ।







