परीक्षा लिएको १५ महिनापछि त्रिविद्वारा बिए पहिलो वर्षको नतिजा सार्वजनिक​  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

परीक्षा लिएको १५ महिनापछि त्रिविद्वारा बिए पहिलो वर्षको नतिजा सार्वजनिक​ 


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह मानविकी तथा सामाजिकशास्त्र संकायको (चार वर्षे) प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक गरेको छ। 

लामो समयदेखि रोकिएको नतिजा त्रिविले मंगलबार सार्वजनिक गरेको हो। नतिजा हेर्न परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.tuexam.edu.np मार्फत हेर्न सकिन्छ। 

प्रमाणीकरण गराई मंसिर १० गतेपछि कार्यालयको मानविकी गोप्य शाखामा सम्पर्क गर्न भनिएको छ। 

स्नातक तह पहिलो वर्षको परीक्षा लिएको १६ महिना भइसक्दा पनि नतिजा सार्वजनिक नगरेपछि अखिल (क्रान्तिकारी)ले परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्न माग गरेको थियो। गत बिहीबार मात्रै अखिल (क्रान्तिकारी)का संयोजक पवन कार्कीले ज्ञापन पत्र बुझाएका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस