काठमाडौँ । बङ्गलादेशमा हुने काभा यु-२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि टिम बनाउन नेपाल भलिबल सङ्घले खुल्ला छनोटबाट बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ ।
सङ्घले शनिबार विज्ञप्ति जारी गर्दै २० खेलाडी छनोट गरिएको जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा कात्तिक २१ देखि २४ गतेसम्म चार दिन सञ्चाल भएको खुल्ला छनोटबाट २० खेलाडी छनोट गरिएको हो ।
पहिलो पटक नेपालले प्रतिस्पर्धा गर्न लागेको काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिप बङ्गलादेशको ढाकामा आगामी डिसेम्बर २० देखि २७ गतेसम्म आयोजना हुनेछ ।
बन्द प्रशिक्षणका लागि धिरोज कुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, विष्णु बस्नेत, गोविन्द टमाटा, सफल विक, सन्तोष महता, तेज नाथ, सुरेन्द्र भाट, मनिष मानन्धर, हेमन्त मल्ल, प्रेमप्रसाद गौतम, रूप बहादुर गुरौ, वेद प्रकाश जोशी, सम्राट् भण्डारी, सुभास कुँवर, गौरव पाण्डे, भीम राज गुरुङ, विशाल भण्डारी छनाेट भएका छन् ।