काठमाडौँ । कलाकार बबिता बानियाँ ‘जेरी’ र शङ्कर क्षेत्रीबिच बिहीबार औपचारिक रूपमै सम्बन्ध विच्छेद भएको छ ।
काठमाडौँ जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका हुन् । सम्बन्ध विच्छेदलाई औपचारिक रूप दिएपछि गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए ।
बच्चाको लालन पालन शङ्करले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबिच भएको छ ।
जेरी र शङ्करबिच २०७६ साल माघ १ गते विवाह भएको थियो ।