सुर्खेत । नेकपा एकीकृत समाजवादीका जुम्ला अध्यक्षसहित सिङ्गो जिल्ला कमिटी एमालेमा प्रवेश गर्ने भएको छ ।
जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेसहितको जिल्ला कमिटी एमाले प्रवेश गर्न लागेका हुन् ।
आज पत्रकार सम्मेलनमार्फत पार्टी प्रवेशको आधिकारिक जानकारी गराइने भएको छ । भोलि औपचारिक रूपमा पार्टी प्रवेशको कार्यक्रम रहेको छ ।
एमाले प्रवेश गर्ने खबरले एकीकृत समाजवादी जुम्लामा हङ्गामा मच्चिएको छ । अध्यक्षसहितको प्रवेशले तीन हजार बढी मत एमालेमा बढ्ने एमालेको दाबी छ ।