२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखा २ मा मैले प्रतिस्पर्धी नै पत्ता लगाउन सकिनँ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ मा आफूले प्रतिस्पर्धी नै पत्ता लगाउन नसकेको प्रतिक्रिया दिएका छन्।

शुक्रबार (आज) गोरखा सदरमुकाममा भएको पत्रकार सम्मेलनमा गोरखा २ मा ‘तपाईँले कसलाई प्रतिस्पर्धी देख्नुहुन्छ’ भन्ने पत्रकारको प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले प्रतिस्पर्धी नै पत्ता लगाउन नसकेको प्रतिक्रिया दिएका हुन्।

‘मैले त वास्तवमा कोही पनि प्रतिस्पर्धी नभएजस्तो मानेको छु। प्रतिस्पर्धी मैले पत्ता लगाउन सकिनँ,’ उनले भने, ‘प्रतिस्पर्धी देखेको पनि छैन, चिनेको पनि छैन।’

प्रचण्डले कात्तिक १२ र १३ मा गोरखामा ४४ वटा सभा गरेका थिए। आज ५ वटा सभालाई सम्बोधन गरेका छन्। आफूले यति धेरै सभा गर्दा पनि प्रतिस्पर्धी को हुन् भन्ने पत्ता लगाउन नसकेको उनको भनाइ थियो।

गोरखा २ मा नेकपा एमालेबाट अब्दुस मियाँ, राप्रपाबाट सुशील पन्त, नेपाली काँग्रेस बिपीबाट टीकादत्त पोखरेललगायत उम्मेदवार छन्।

प्रचण्डले आफू प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने पनि बताए। ‘साथीहरूले सम्भावित प्रधानमन्त्री भनिरहनुभएको छ। सम्भावित प्रधानमन्त्री त हुँ। तर म प्रधानमन्त्रीका लागि मरिहत्ते गरिरहेको छैन,’ उनले भने।

गोरखामा काँग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी दल हुन्। गत वैशाखमा भएको स्थानीय चुनावमा एक्लाएक्लै प्रतिस्पर्धामा उत्रेका काँग्रेस र माओवादी अहिले भने गठबन्धन बनाएर चुनावी मैदानमा छन्। गोरखा १ मा काँग्रेस नेता राजेन्द्र बजगाईँ उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस