अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले हरिबोधनी एकादशीको दिन भोलि (शुक्रवार) सार्वजनिक बिदा दिएको छ ।
सन्धिखर्कमा भोलि हरिबोधनी एकादशीको दिन विशेष मेला तथा भैलो प्रदर्शनी हुने भएकोले सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुखस्तरीय निर्णय गरी पालिकाले सार्वजनिक बिदा दिएको हो । भोलि नगरभित्र रहेका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य चौकी बन्द रहने सूचनामा उल्लेख छन् ।
