२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ-३ मा काँग्रेसको भागमा, १० मा मित्रवत् प्रतिस्पर्धा

अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनले आगामी मंसिर-४ को निर्वाचनका लागि गठबन्धनका साझा उम्मेदवार तय गरेको छ । यसरी तय गर्दा काठमाडौँमा विवादित देखिएका दुई निर्वाचन क्षेत्रमा दुई प्रकारको निर्णय भएको छ । 

काठमाडौँ-३ र काठमाडौँ-१० मा नेपाली काँग्रेस र नेकपा (माअ‍ोवादी केन्द्र)को छुट्टाछुट्टै उम्मेदवारी परेका थियो । यी क्षेत्रका विषयमा सत्ता गठबन्धनका नेताहरुले निर्णय गरेका छन् । जसमा काठमाडौँ-३ मा काँग्रेस उम्मेदवार सन्तोष चालिसेलाई नै गठबन्धनले आधिकारिक उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रका उम्मेदवार बद्री बजगाईँलाई भने गठबन्धनको मान्यता नदिने र उनको उम्मेदवारी निष्क्रिय पार्ने जिम्मा माओवादी केन्द्रलाई दिइएको छ । काठमाडौँ-३ को ‘ख’मा भने मैत्रीपूर्ण प्रतिस्पर्धा हुने भएको छ । त्यहाँ नेपाली काँग्रेसका तर्फबाट विमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुयाँल उम्मेदवार छन् । उनीहरुबीच मित्रवत् प्रतिस्पर्धा गर्न दिने निर्णय सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।

यता काठमाडौँ-१० मा भने गठबन्धनकै दलहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ । काठमाडौं १० मा ०७० को निर्वाचनमा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराएर संसद् छिरेपछि लगातार सांसद रहेका राजेन्द्र केसी उम्मेदवार छन् । यो क्षेत्रमा माओवादी केन्द्रका तर्फबाट अञ्जना विशंखेले उम्मेदवारी दिएकी छन् । गठबन्धनका शीर्ष नेताहरुले उनीहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुन दिने निर्णय गरेका छन् । 

काठमाडौं १० अन्तर्गतको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’मा पनि काँग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलीप महर्जन उम्मेदवार छन् । उनीहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुन दिने निर्णय गठबन्धनका नेताहरुबीच भएको छ । 

सत्ता गठबन्धनका नेताहरूको बैठकबाट संयुक्त विज्ञप्ति जारी गरी गठबन्धनका साझा उम्मेदवार नभएका स्थानमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय सार्वजनिक भएसँगै उनीहरूले तयार पारेको लिस्ट पनि बाह्रखरीलाई प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस