२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्कटपूर्ण अवस्थामा रहेका शरणार्थीलाई सहयोग अभाव-राष्ट्रसङ्घ

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ । पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरूको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाइएको छ ।

चाडमा पाँच लाख ७५ हजारभन्दा बढी शरणार्थी रहेका र उनीहरूलाई सहयोग नपुगेको संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले जनाएका छन् । उनका अनुसार यहाँ हरेक दिन शरणार्थीहरू बढ्ने क्रम जारी रहेको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले चाडमा रहेका शरणार्थीको अवस्था नाजुक रहेको भन्दै सहयोगका लागि सबैसँग अपिल गरेका हुन् । उनले चाडमा सन् २०२० का तुलनामा यसवर्ष शरणार्थी बढेर दोब्बर पुगेका पनि बताए ।

संयुक्त राष्ट्रसङ्घले हालैमात्र सरकारहरूले राखेका तथ्याङ्कमा भन्दा पनि बढी शरणार्थीहरू अफ्रिकी देशहरूमा रहेका र उनीहरूका समस्या समाधानका लागि ठोस पहल हुन नसकेको बताएको एक दिनपछि आज प्रवक्ता डुजारिकको सो प्रतिक्रिया आएको हो । राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता डुजारिकले यहाँ पछिल्ला दिनहरूमा शरणार्थी बढ्दै गएका भए पनि संयुक्त राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले आवश्यकताको १० प्रतिशत मात्र सहयोगको तयारी गरेको बताए ।

उता हाल देखा परिरहेका शरणार्थीहरूमा पनि आगामी दिनमा उक्त सङ्ख्या थप बढ्ने चेतावनी पनि संयुक्त राष्ट्रसङ्घले दिएको छ ।संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले अफ्रिकी देशहरूमा शरणार्थीहरूको संख्या बढ्दै गएसँगै कतिपय स्थानमा उनीहरूको अवस्था थप अज्ञात तथा नाजुक बन्दै गएको बताएका थिए । सोमालियमा मात्र यसवर्ष कम्तीमा दश लाख नागरिक खडेरीका कारण विस्थापित भएका तथ्याङ्क संयुक्त राष्ट्रसङ्घसँग रहेको छ । सोमालियमा नै आन्तरिक राजनीतिक विवाद र हिंसाका कारण विस्थापित भएकाहरूको सङ्ख्या कम्तीमा पनि पाँच लाख रहेको छ ।

पछिल्ला केही वर्षयतादेखि चाड बाढी र पहिरोबाट बढी मात्रामा पीडित भएको छ । केही वर्षयताको बाढीबाट चाड प्रभावित भएको र यहाँका नागरिक लाखौँको सङ्ख्यामा विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस