२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लाका २४ मतदानस्थल अतिसंवेदनशील 

अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि २४ वटा मतदान स्थललाई अति-संवेदनशीलमा राखिएको छ।

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार निर्वाचनस्थलको सुरक्षा विश्लेषणका आधारमा २४ मतदानस्थल अतिसंवेदनशील, २२ संवेदनशील र १२ वटा निर्वाचनस्थललाई सामान्य सूचीमा राखिएको छ। 

हुम्लामा ३२ हजार आठ सय ५७ मतदाता छन्। जसमध्ये १७ हजार एक सय २८ पुरुष, १५ हजार सात सय २९ महिला मतदाता छन्। जिल्लामा प्रतिनिधिसभातर्फ एउटा र प्रदेश सभातर्फ दुई वटा निर्वाचन क्षेत्र छन्। जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमध्ये मतदाताको सङ्ख्याको आधारमा प्रदेश (क) मा १८ हजार आठ सय ३० र प्रदेश ९ख० मा १४ हजार २७ मतदाता छन्।

हुम्लामा ५९ मतदान केन्द्र र ५८ वटा मतदानस्थल तोकिएको छ। गत स्थानीय तहको निर्वाचनमा ५४ मतदान केन्द्र र ५२ वटा मतदानस्थल थिए। 

यतिखेर सातवटा मतदानस्थल र पाँचवटा मतदान केन्द्र थप भएको निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए। 

उनका अनुसार यसअघि वैशाख ३० मा स्थानीय तहको निर्वाचनयता मात्रै जिल्लामा ६ सय मतदाता बढेका छन्।

०७९ वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा ३२ हजार पाँच सय ८१ मध्ये १६ हजार नौ सय ७४ पुरुष र १५ हजार ६ सय ७ महिला मतदाता रहेका थिए।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाका अनुसार यस वर्षको प्रतिनिधिसभा तथा प्रदेश सभाका लागि हुने निर्वाचनमा सुरक्षाको आधारमा तीन सय ६० नेपाल प्रहरी, पाँच सय ३८ म्यादी प्रहरीलाई खटाइएको छ भने एक सय ५६ जना सशस्त्र प्रहरी बल खटिने बताए। 

थप सुरक्षाका लागि नेपाली सेनाको टोली पनि तयारी गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्। सुरक्षा निकायको सम्पूर्ण कमान्ड जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीले जिम्मा लिएको डिएसपी ओझाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस