३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाविरुद्ध ८४ वर्षे रावलले दिए स्वतन्त्र उम्मेदवारी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध ८४ वर्षे कर्णसिंह रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

देशभर राजनीतिमा युवा आउनुपर्ने आवाज उठाइरहँदा डडेलधुरामा भने ७७ वर्षे देउवाविरुद्ध उनीभन्दा ७ वर्ष जेठा ८४ वर्षीय रावलको स्वतन्त्र उम्मेदवारी परेको छ ।

त्यसो त डडेलधुराबाटै ३१ वर्षीय सागर ढकालले पनि उम्मेदवारी दिएका छन् । तर टेलिभिजन कार्यक्रममा पेचिलो प्रश्न सोध्दा झर्किएका देउवाविरुद्ध उम्मेदवारी दिएका ढकालभन्दा रावलको उम्मेदवारी रोचक छ ।

देउवाले डडेलधुराबाट ०४८ पछिका सबै चुनाव जितेका छन् । उनी अहिले सातौंपटक चुनावी मैदानमा छन् । संसद् छिर्ने बित्तिकै गृहमन्त्री बनेका देउवा अहिलेसम्म पाँच पटक त प्रधानमन्त्री नै भइसके । तर डडेलधुराको विकासका लागि देउवाले केही काम नगरेको रावलको गुनासो छ । त्यही विषयलाई मुद्दा बनाएर ०५६ पछिका चुनावमा उनी निरन्तर देउवाविरुद्ध उम्मेदवारी दिँदै आएका छन् ।

को हुन् रावल ?
रावल पूर्व कर्मचारी हुन् । रावल मालपोतमा कार्यरत रहँदा ०४९ सालमा सरुवाको सन्दर्भमा देउवासँग भेटेका थिए । तर देउवाबाट त्यस बेला सहयोग नपाएको उनको गुनासो छ। ०४८ मा चुनाव जितेका देउवा गृहमन्त्री भए, ०५१ मा चुनाव जिते, र प्रधानमन्त्री नै बने । तर देउवाले गृह जिल्लाको विकासका लागि जति पहल गर्नुपर्ने थियो, त्यति नगरेको रावलको भनाइ छ । यही विषयमा रावल रुष्ट छन् ।

‘चुनाव जिते पनि जिल्लाको लागि केही काम गरेनन्, प्रधानमन्त्री नै भए पनि जिल्लाले केही पाएन,’ रावल भन्छन् ।

०५४ सालमा उनी जागिरबाट निवृत्त भए । त्यसपछि निरन्तर डडेलधुरावासीले देउवाको विकल्प खोज्नुपर्ने सन्देश लिएर चुनावी अभियानमा लागिरहन्छन् उनी । उनले ०५६ को निर्वाचनमा पहिलो पटक देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

त्यसपछि ०६४ र ०७० का निर्वाचनमा पनि उनले देउवाविरुद्ध उम्मेदवारी दिए । ०७४ को निर्वाचनमा पनि उनले देउवाविरुद्ध नै स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यस बेला उनको पक्षमा १४० मत खसेको थियो ।

उनै रावलले यस पटक पनि देउवाको विकल्प खोज्न आग्रह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुरामा ६ राजनीतिक दल र ५ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।

नेकपा एमालेले चक्रप्रसाद स्नेहीलाई उम्मेदवार बनाएको छ भने जनता समाजवादी पार्टीले श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीले गोविन्द खडायत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले कालीप्रसाद जोशी र नेपाली काँग्रेस बिपीले कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएका छन् । देउवाविरुद्ध विक्रमबहादुर शाही, दानबहादुर पाल र लालबहादुर कठायत पनि स्वतन्त्र उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस