थप १९ जनामा कोरोना संक्रमण, ९६ जना कोरोनामुक्त « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

थप १९ जनामा कोरोना संक्रमण, ९६ जना कोरोनामुक्त


१५ आश्विन २०७९, शनिबार


काठमाडौँ । थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १३३२ नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५९१ र एन्टिजेनबाट ७४१ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १७ र एन्टिजेनबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप ९६ जना कोरोनामुक्त भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस