बुटवलमा पेस्तोलसहित एक जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बुटवलमा पेस्तोलसहित एक जना पक्राउ


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । प्रहरीले रुपन्देहीबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

बागलुङ दगातुन्डाडा घर भई बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्तोष सलामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

उनका अनुसार शुक्रबार दिउँसो सलामीलाई पेस्तोलसहित पक्राउ गरिएको हो।

बुटवल उपमहानगरपालिका-९ इँटाभट्टामा रहेको होटेल नमोबुद्धबाट सलामीलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो। 

सलामीले शरीरमा लुकाएर राखेको अवस्थामा काठको बिड भएको पेस्तोल बरामद गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।

यस्तै सलामीको साथबाट तीन थान गोली समेत बरामद गरिएको छ। 

सलामीमाथि जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस