सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय सिरहामा सेवाग्राहीको भिड अत्यधिक लाग्ने गरेको भन्दै एक सूचना जारी गरी असोज २ गतेबाट जिल्लाको १७ वटै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो ।

सिरहा प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीको हस्ताक्षरमा जारी सूचनामा जिल्लामा २०७७ कात्तिक २६ गतेबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य भइरहेको भए पनि सेवाग्राहीको भिडभाडलाई मध्यनजर राखी राष्ट्रिय परिचयपत्र तथा पञ्जी करण विभागबाट सिरहाको १७ वटै पालिकाहरूमा स्टेसन खडा गरी परिचयपत्र बनाउने उल्लेख गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाद्वारा जारी सूचनामा परिचयपत्र बनाउन बाँकी रहेका सिरहाबासीलाई असोज २ गते आइतबारबाट आ-आफ्नै पालिकामा सम्पर्क गर्न भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस