२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसिया कपबाट भारत र अफगानिस्तान बाहिरिए, पाकिस्तान र श्रीलङ्का फाइनलमा

अ+ अ-

काठमाडौँ । युएईमा जारी एसिया कप टी-२० क्रिकेटको उपाधिका लागि पाकिस्तान र श्रीलङ्का भिड्ने भएका छन्।

प्रतियोगिता अन्तर्गत सुपर फोरमा पाकिस्तानले लगातार दोस्रो जित निकालेसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ।

बुधबार सारजाहमा अफगानिस्तानलाई रोमाञ्चक खेलमा १ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो।

पाकिस्तानको जितसँगै श्रीलङ्का पनि फाइनल प्रवेश गर्न सफल भयो। दुवैले शीर्ष चारमा समान २–२ जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाए। अफगानिस्तान र भारत भने प्रतियोगिताबाट बाहिरिए। अब उपाधिका लागि पाकिस्तानले आइतबार श्रीलङ्काको सामना गर्नेछ।

अफगानिस्तानले दिएको १३० रन लक्ष्य पछ्याएको पाकिस्तानले ४ बल बाँकी छँदै पूरा गर्‍यो।

१३० रनको लक्ष्य पछ्याउन पाकिस्तानले अन्तिम ओभरसम्म सङ्घर्ष गर्नुपर्‍यो। १९ औँ ओभरमा २ विकेट गुमाएर दबाबमा आएको पाकिस्तान अन्तिम ओभरमा ११ रन आवश्यक भएको बेला पहिलो र दोस्रो बलमा लगातार दुई छक्का प्रहार गर्दै ९ विकेट गुमाएर जित निकाल्न सफल भयो।

पाकिस्तानका लागि सादव खानले सर्वाधिक ३६ रन बनाए। त्यस्तै इफ्तिखर अहमदले ३० रन जोडेका थिए।

ओपनर मोहम्मद रिजवान २० रनमा आउट हुँदा कप्तान बाबर अजाम शून्य रनमा आउट भए।

यस्तै नसिम साह १४ रनमा अविजित रहँदा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

अफगानिस्तानका लागि फारूखी र फरिद अहमेदले समान ३(३ विकेट लिए। रासिद खानले २ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो।

उसका लागि इब्राहिम जाद्रानले सर्वाधिक ३५ रन बनाएका थिए। त्यस्तै हर्जतुल्लाह जाजाईले २१ रन, रासिद खानले १८, रमनुल्लाह गुर्वाजले १७ रन जोडेका थिए। करिब जनतले १५ रन बनाउँदा नजिबुल्लाह जाद्रान र अजमतुल्लाह ओमरजाईले समान १०(१० रन बनाए। कप्तान मोहम्मद नाबी शुन्यमै आउट भए।

पाकिस्तानका लागि हरिस रउफले २ विकेट लिँदा सादव खान, मोहम्मद नवाज, मोहमद हसनइन र नसिम साहले समान १–१ विकेट लिए।