महानगरले होटेलमा अग्नि नियन्त्रण उपकरण राख्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

महानगरले होटेलमा अग्नि नियन्त्रण उपकरण राख्ने


१६ भाद्र २०७९, बिहिबार


विराटनगर । विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्वयनलाई तीव्रता दिएको छ ।

विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटेलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र राखिने भएको छ ।

महानगरले विराटनगरका सबै होटेलले अग्नि नियन्त्रण यन्त्र राख्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि होटेल सञ्चालकलाई बोलाएर महानगरले छलफलसमेत गरेको छ ।

एक महिना अगाडि तीन पैनी छेउमा रहेको नाङ्लो रेष्टुरेण्टमा आगलागी भएको थियो । रेष्टुरेण्टमा अग्नि नियन्त्रण यन्त्र नहुँदा ठुलो क्षति भएको थियो ।

विराटनगरवासीको हितका लागि महानगरले गरेका हरेक निर्णय कार्यान्वयन गर्न आफूहरू तयार रहेको छलफलमा सहभागीले प्रतिबद्धता जनाएका छन् ।

होटेलको सुरक्षाका लागि आफूहरू अग्नि नियन्त्रण यन्त्र राख्न तयार रहेको होटेल एसोसिएसन नेपाल प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठले प्रतिबद्धता जनाए । ‘महानगरले धेरै राम्रो निर्णय गरेको छ । यो हाम्रै सुरक्षाका लागि हो’, उनले भने, ‘हामी होटेलको स्तर र क्षमताअनुसार चाँडै नै अग्नि नियन्त्रण यन्त्र राख्छौँ ।’

विराटनगरका कतिपय ठुला होटेलले समेत अग्नि नियन्त्रण यन्त्र नराखेको पाइएको छ । महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्कीसहितको उपस्थितिमा भएको छलफलमा महानगरले गरेका राम्रा निर्णय कार्यान्वयनमा आफूहरू तयार रहेको होटेल व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस