काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । पार्टी कार्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन माथिको छलफलको निष्कर्ष प्रस्तुत गरिने छ ।
छफलफलका लागि केन्द्रीय सदस्यहरुलाई ९ वटा समूहमा विभाजन गरिएको थियो । समूहगत छलफलको प्रस्तुतिसँगै आगामी निर्वाचनको तयारी र उमेदवारको मापदण्डबारे निर्णय हुने नेताहरुले बताएका छन् ।
नौ वटा समूहका तर्फबाट राजनीतिक प्रतिवेदनमाथि सुझावहरू राख्ने क्रम सुरु भएको छ ।