२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोस्रो टी-२० मा नेपाल केन्यासँग पराजित

अ+ अ-

काठमाडौँ। केन्या विरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १८ रनले पराजित भएको छ ।

शुक्रबार भएको खेलमा घरेलु टोली केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमै अलआउट भयो । पहिलो खेल हारेको केन्याले दोस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृङ्खला १-१ को बराबरी गरेको छ ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । रोहित पौडेल र आदिल आलमले २०-२० र पवन सर्राफले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालको ब्याटिङ सुरुवात फेरि एक पटक राम्रो हुन सकेन । ओपनर आसिफ शेख तेस्रो र ज्ञानेन्द्र मल्ल चौथो ओभरमा आउट भएपछि नेपालले ११ रनमै २ विकेट गुमाएको थियो । त्यसपछि पवन र रोहितले इनिङ्सलाई अघि बढाए ।

तर नेपालले नवौँदेखि ११औँ ओभरमा सम्म लगातार तीन विकेट गुमायो । पवन नवौँ ओभरमा, दीपेन्द्र सिंह ऐरी (३ रन) दशौँ ओभरमा र रोहित ११औँ ओभरमा आउट भएपछि नेपाल ५९-५ को स्थितिमा पुगेको थियो ।

त्यसपछि आरिफ शेखले आदिल बलमले नेपालको इनिङ्सलाई आक्रामक रूपमा अघि बढाएका थिए । तर आदिल १६औँ ओभरमा २० रन बनाएर आउट भए । आरिफ शेख १७औँ ओभरमा रन आउट भए भने करण केसी अर्को ओभरमा ठुलो सट हान्ने चक्करमा आउट भए ।

कप्तान सन्दीप लामिछाने ८ रन बनाएर १९ औँ ओभरमा आउट भए ।

केन्याका एमाननुएल बुण्डी, लुकास ओलुच र भिराज पटेलले २-२ विकेट लिए ।

त्यसअघि नैरोवीस्थित जिमखान क्रिकेट मैदान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गरेको केन्याले ९ विकेट गुमाएर १३२ रन बनाएको हो । केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाए भने नेहेमिह ओडिएम्बोले ३१, इर्फान २२ रन बनाए ।

सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए । यस्तै करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले एक नटआउट गराएका थिए । पहिलो टी–२० मा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस