काठमाडौँ । नेपाली काँग्रेसबाट चुनाव जितेका स्थानीय तहका जनप्रतिनिधिका लागि शेखर कोइराला समूहले छुट्टै बधाई कार्यक्रम राखेको छ ।
यसअघि सोमबार र मंगलबार पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा देशभरका जनप्रतिनिधिका लागि बधाई, शुभकामना तथा अभिमुखीकरण गरिएकोमा शेखर समूहले आज छुट्टै कार्यक्रम राखेको हो ।
बिहान ८ बजेदेखि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बधाई, शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा संस्थापनइतर पक्षका निर्वाचित गाउँपालिका, नगरपालिकाकाका अध्यक्ष (उपाध्यक्ष, प्रमुख) उपप्रमुख र (जिसस प्रमुख)उपप्रमुख सहभागी छन् ।