३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदन भण्डारी प्रविधि विश्वविद्यालयले मानविकी, व्यवस्थापन र कानुन पढाउन नपाउने

अ+ अ-

काठमाडौँ । मदन भण्डारीको नाममा स्थापना हुन लागेको प्रविधि विश्वविद्यालयले मानविकी, व्यवस्थापन र कानुन लगायतका सङ्काय पढाउन नपाउने भएको छ।

सरकारले २०७६ सालमा प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्दा प्रविधि विश्वविद्यालयको क्षेत्राधिकारमा मानविकी, व्यवस्थापन र कानुन जस्ता सङ्काय समेत प्रविधि विश्वविद्यालयभित्रै घुसाएको थियो।

तर प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले उक्त व्यवस्था हटाएको हो।

समितिले विश्वविद्यालयको विधेयकमा रहेको ‘विज्ञान तथा प्रविधि, मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, कानून र न्याय लगायतका विषय’ भन्ने शब्द हटाएर ‘मूलतः विज्ञान तथा प्राविधिक विषय र क्षेत्रमा’ भन्ने शब्द राखिदिएको छ।

संसदमा प्रस्तुत भएको विधेयकको दफा ३ मै ‘विज्ञान तथा प्रविधि, मानविकी तथा समाज शास्त्र, व्यवस्थापन, कानुन र न्याय लगायतका विषय र क्षेत्रमा मुलुकभर विश्वस्तरीय जनशक्ति उत्पादन गर्न तथा नयाँ ज्ञान र प्रविधिको विकासमा थप योगदान पुर्‍याउन’ भनिएको थियो।

विधेयकमा मकवानपुरको थाहा नगरपालिकाको चितलाङमा विश्वविद्यालय स्थापना गरिने उल्लेख थियो। तर समितिले सरकारले प्रस्ताव गरेको ठाउँ समेत हटाइदिएको छ।

समितिले विश्वविद्यालयको संरक्षक समितिले तोकेको स्थानमा विश्वविद्यालय रहने व्यवस्था गरिदिएको छ।

त्यस्तै, विश्वविद्यालय सञ्चालनको सर्वोच्च संस्था संरक्षक समितिमा मदन भण्डारी फाउण्डेसनबाट दुई जना रहने व्यवस्था समेत समितिले झिकिदिएको छ।

सरकारले संसदमा विधेयक प्रस्तुत गर्दा फाउण्डेसनका अध्यक्ष वा फाउण्डेसनले तोकेका २ जना व्यक्ति विश्वविद्यालयको संरक्षक हुने व्यवस्था गरेको थियो। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले विश्वविद्यालयको संरक्षकमा विश्वविद्यालय रहने स्थानबाट निर्वाचित हुने सांसद रहने व्यवस्था भने थप गरेको छ।

समितिले पारित गरेर प्रतिनिधि सभामा पुगेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पुगिसकेको छ। प्रतिनिधिसभाको आजको बैठकबाट विधेयक पारित गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस