काठमाडौँ। ग्लोबल आईएमई बैङ्क लिमिटेडले ग्राहकको रोजाइको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ ।
ग्राहककै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था भएको बैङ्कको दाबी छ ।
यस योजना अन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आईएमई बैङ्कको वेबसाइट मार्फत अनलाइनबाट आवेदन दिनुपर्नेछ । कार्ड प्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइन अनुसारको कार्डलाई भर्चुअल रूपमा हेर्न र आफूलाई मन पर्ने डिजाइन छनोट गर्न सक्नेछन् । ग्राहकहरूसँग वेबसाइटमा पूर्व–डिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने विभिन्न विकल्पहरू समेत उपलब्ध हुनेछन् ।
ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना सार्वजनिक गरेको हो । यस्ता नवीनतम प्रविधिहरूको प्रयाग गर्दै बैङ्कले समय सापेक्षता अनुरूप ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।