३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको नेतृत्वमा मुलुकलाई निकास र विकासः नेता पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई निकास र जनतालाई विकास दिन आवश्यक भएकाले नयाँ बन्ने सरकारले त्यो चाहना पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै उनले आफ्नो पार्टी २००७ सालको परिवर्तनको सूत्रपात गर्ने पार्टी भएको र अहिले त्यसलाई पूर्णता दिने क्रम चलेको सन्दर्भमा नयाँ सरकारले आर्थिक विकासलाई तीव्रता दिइने बताए ।

“राष्ट्रलाई एउटा व्यवस्था दिने र मुलुकको समृद्धि गर्ने अहिलेको आवश्यकता हो, काँग्रेस स्पष्ट सोचका साथ मुलुकको विकासलाई अगाडि बढाउन चाहन्छ, विपी कोइराला र गणेशमान सिंहले कोरेको बाटोलाई पछ्याउँदै अब धेरै प्रयोगतिर नलागी प्रजातन्त्रको लक्ष्यसहित निमुखलाई न्याय र विपन्नलाई आय दिनु हाम्रो लक्ष्य हो”, नेता पौडेलले भने, “न्याय खोज्न जाँदा कुन पार्टीको आएको हो भन्ने आधारमा न्याय दिने कुप्रथा पनि देखिएको छ, वास्तवमा निमुखालाई न्याय दिनुपर्छ, विपन्नको गुणात्मक परिवर्तन ल्याउन सकिनु नै विकास हो, त्यो यात्रामा हाम्रो पार्टी अगाडि बढ्न चाहन्छ ।”

उनले सबैलाई निर्वाचनमा ल्याएर राष्ट्रिय एकता गरी कसैलाई वञ्चित नगराउन नयाँ सरकारले पहल गर्ने विश्वास पनि व्यक्त गरे ।

अन्य दलको समर्थन

प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्दै नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले जनताले लडेर ल्याएको लोकतन्त्रलाई शासकले जोगाउन नसकेको टिप्पणी गर्दै लोकतान्त्रिक आन्दोलनको एक वाहकका रुपमा रहेका देउवाको नेतृत्वमा मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गराउने अपेक्षा व्यक्त गरे ।

समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंहले संविधान कार्यान्वयन, विकास र शान्ति स्थापनाको निर्णायक घडीमा सभापति देउवाले प्रधानमन्त्री भएपछि त्यस कार्यमा लाग्ने विश्वास व्यक्त गरे ।

यस्तै अखण्ड पार्टी नेपालका कुमार खड्का र नेकपा (संयुक्त)का जयदेव जोशी प्रधानमन्त्री देउवाको उम्मेदवारीको प्रस्तावमा समर्थन जनाए ।

प्रस्तावक र समर्थकले बोलेपछि सभामुख ओनसरी घर्तीले मत विभाजनबाट प्रधानमन्त्रीको चयन प्रक्रिया सुरु गरेकी छिन् । रासस

प्रतिक्रिया दिनुहोस