भारतमा कोरोनाका चार करोड ३१ लाख भन्दा बढी कोरोना सङ्क्रमित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारतमा कोरोनाका चार करोड ३१ लाख भन्दा बढी कोरोना सङ्क्रमित


२९ बैशाख २०७९, बिहिबार


नयाँदिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात् बुधबार मधयरातिसम्म दुई हजार ८२७ व्यक्ति कोरोनाका थप सङ्क्रमित भएपछि यहाँ कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख तेह्र हजार ४१३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः केही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको थियो ।

यद्यपि गत मङ्गलबार र बुधबार भने केही कमी देखिएको हो । २४ घण्टाको समयावधि भएका यी नयाँ सङ्क्रमितमध्ये ९७० राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ ।

हाल राजधानीमा पाँच हजार २०२ जना सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २४ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार १८१ पुगेको छ ।

भारतभरि अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ६७ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमित बढेको पाइएको छ ।

चौबिस घण्टाको समयावधि अर्थात् बुधबार मध्यरातसम्म तीन हजार २३० कोरोना निको भएका छन् ।

यसैसँगै हालसम्म चार करोड २५ लाख ७० हजार १६५ सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस