पोखरा । पोखरामा गठबन्धनको बैठक चलिरहँदा नेपाली काँग्रेसका जिल्ला सचिवहरूले सहमति हुन नसकेका कारण नेकपा एकीकृत समाजवादीलाई अलग गरेर गठबन्धनका लागि प्रयास गर्ने भन्दै विज्ञप्ति निकालेका छन् ।
काँग्रेसका कास्की सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले विज्ञप्ति निकालेर नेकपा एकीकृत समाजवादीले अस्वाभाविक दाबी गरेका कारण सहमति हुन नसकेको जनाएका हुन् ।
उनीहरूले विज्ञप्ति निकाल्दासम्म सत्तारुढ गठबन्धनको बैठक भने चलिरहेको छ ।
