४६ अङ्कले घट्यो नेप्से , कुल २ अर्ब ६७ करोड रुपैयाँको कारोबार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

४६ अङ्कले घट्यो नेप्से , कुल २ अर्ब ६७ करोड रुपैयाँको कारोबार


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से मंगलबार २४५२ अङ्कमा झरेको छ । पछिल्ला दिन लगातार घटेको बजार मंगलबार थप ४६.४६ अङ्क घटेको हो ।

कुल २ अर्ब ६७ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको हो ।

सोमबार १ अर्ब ५८ करोडको कारोबार भएको थियो । होटल तथा पर्यटन उपसमूह १५ अङ्क बढ्यो भने अरु सबै घटे ।

बैङ्किङ १८, विकास बैङ्क ८१, फाइनान्स ५३, जलविद्युत् ६१, जीवन बीमा ४३२, उत्पादन ४३, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा ३४५, अन्य ७१ र व्यापार उपसमूह ४४ अङ्कले घटे ।

कुल १० कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । १८३ कम्पनीको घट्दा २ को स्थिर रह्यो ।

इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । नारायणी डेभलपमेन्ट, युनाइटेड इदी मर्दीको मूल्य ६ प्रतिशत धेरैले घट्यो । राष्ट्रउत्थान र नेस्डो लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

हिमालयन डिस्टिलरी, नबिल बैङ्क, नेपाल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ र अरुणभ्याली हाइड्रोपावर कम्पनी कारोबार रकमका आधारमा क्रमशः अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस