१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा २८९ नयाँ क्षयरोगी

अ+ अ-

चितवन । जिल्लामा २८९ नयाँ क्षयरोगी थपिएका छन् । जिल्लाका सात पालिकामा पुस मसान्तसम्ममा सो सङ्ख्यामा बिरामी थपिएका हुन् । हरेक चार–चार महिनामा तथ्याङ्क अद्यावधिक गर्ने गरिन्छ ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा क्षयरोगका बिरामी रहेका छन् । भरतपुर महानगरमा १५३ जनामा क्षयरोग देखिएको हो ।

यस्तै खैरहनीमा ३३, माडीमा २९, रत्न नगरमा ३२, राप्तीमा १८ र कालिका नगरपालिकामा १९ तथा इच्छा कामना गाउँपालिकामा पाँच जनामा क्षयरोग देखिएका छन् । गत आर्थिक वर्षमा जिल्लामा ८९४ जनामा क्षयरोग देखिएको उनले जानकारी दिइन् ।

उनका अनुसार अहिले उपचारमा ५३५ जना छन् । गत आर्थिक वर्ष र चालु आवमा क्षयरोग पुष्टि भएका उनीहरू अहिले उपचार गराइरहेका हुन् । नेपालमा हाल ६८ हजार नयाँ क्षयरोगका बिरामी भेटिएको तथ्याङ्कले देखाएको छ ।

तीमध्ये पाँच हजार २०० जना १४ वर्षमुनिका बालबालिका छन् भने ६३ हजार नयाँ बिरामी १४ वर्षमाथिका रहेको जनस्वास्थ्य अधिकृत ढकालले बताए । नेपालमा भेटिएकामध्ये दुई हजार २०० बहुऔषधि प्रतिरोधी बिरामी रहेका छन् । सङ्क्रमितमध्ये ३३ प्रतिशत महिला र ६३ प्रतिशत पुरुष रहेका छन् । नेपालमा हरेक वर्ष १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

जनस्वास्थ्य अधिकृत ढकालका अनुसार नेपालमा प्रत्येक दिन १८९ नयाँ बिरामी भेटिने गरेका छन् । तीमध्ये १०१ बिरामी उपचारका लागि नआउने गरेका छन् । प्रत्येक दिन क्षयरोगका कारण ४७ बिरामीको मृत्यु हुने गरेको छ । उच्च मृत्युदर भएका १० वटा रोगमध्ये क्षयरोग पनि एक हो ।

यो रोग माइक्रोव्याक्टेरियम टियुबरक्लोसिस नामक कीटाणुका कारण सर्ने गर्छन् । यो रोग हावाबाट सर्ने रोग भएकाले फोक्सोमा असर पर्ने गर्दछ । यस रोगका लक्षणमा साँझपख हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगत देखिनु रहेका छन् ।

यस्तो समस्या देखिएमा खकार जाँच गर्नुपर्ने उनले बताए । परीक्षण गर्दा क्षयरोग देखिएमा नियमित औषधि सेवनले यो रोगलाई निको पार्न सकिने उनको भनाइ छ ।

आज विश्वभर क्षयरोगको अन्त्यका लागि लगानी बढाऔँ : जीवन बचाऔँ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस