१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०२३ मा नेपालमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुँदै

अ+ अ-

काठमाडौँ । सन् २०२३ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन आयोजना गरिने भएको छ ।

नेपाल ‘खेलकुद अनुसन्धान तथा प्रवर्द्धन प्रतिष्ठान-नेस्पो’द्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका कार्यकारी सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार समिति संयोजक प्रा.डा. सिद्धार्थ विक्रम पाँडेले सो जानकारी दिएका हुन् ।

‘२०२३ को जनवरीमा नेपालमा एउटा ठुलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने सोच राखेका छौँ ’ प्रा.डा.पाँडेले भने, ‘विश्वका विभिन्न खेलकुद क्षेत्रका विज्ञहरू बोलाएर ती देशका अनुभव साटासाट गर्ने र नेपालको खेलकुद क्षेत्रमा देखिएका सम्भावनाहरूबारे व्यापक छलफल गर्दैछौँ ।’

खेलकुदको क्षेत्रमा दातृ निकायहरूबाट आउने सहयोग भौतिक पूर्वाधारमा मात्रै लगानी हुने गरेको बताउँदै अबको लगानी कुशल जनशक्ति विकासका लागि हुनुपर्ने उनले बताए ।

साथै खेलकुद एउटा उद्योगकै रूपमा विकास भइरहेकोले नेपालको खेलकुद सम्बन्धी नीति नै समयानुकूल बनाई अघि बढ्नुपर्ने आवश्यकता रहेकोसमेत उनको भनाई छ । उनले रिसर्चको आधारमा खेलाडीहरूको पहिचान गर्न रिसर्च कमिटी नै गठन गरी राम्रा खेलाडीको उत्पादनका लागि पाठ्यक्रम नै बनाएर अघि बढ्ने सोच बनाएको जानकारी दिए ।

नेपालमा हाल भइरहेका खेलकुद गतिविधि तथा संस्थाहरूलाई नै सहयोग पुर्‍याउने गरी नेस्पोको स्थापना भएको र यसले नेपालको खेल सम्भावनालाई उजागर गर्दै अन्तराष्ट्रियस्तरसम्म फैलाउने गरी आफ्ना गतिविधिहरू अघि बढाउने संस्थाका अध्यक्ष साम्राज्य विक्रम पाँडेले बताए ।

‘जराबाट ओलम्पिक’ भन्ने मूल नारासहित स्थापना भएको संस्थाले खेलकुदलाई वैज्ञानिक तवरले अनुसन्धानात्मक र खेल विज्ञानको मर्मअनुसार विश्व खेलजगतसँग प्रतिस्पर्धी खेलाडी उत्पादनमा जोड दिइने अध्यक्ष पाँडेको भनाई छ ।

खेल क्षेत्रको लामो अनुभवलाई नयाँ ढङ्गले अघि बढाउने सोचका साथ आएको बताउँदै अध्यक्ष पाँडले विश्व खेलकुदका नयाँ नयाँ आयाम र प्रविधिसँग जोडिन खोजेको पनि बताए ।

आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानकी उपाध्यक्ष सङ्गीता सिलवालले रुट टु ओलम्पिक भन्ने नाराले स्कुल कलेजबाटै विध्यार्थिहरुलाई सिकाउँदै लैजानु पर्ने देखाएको भन्दै उनीहरूलाई सक्षम बनाउँदै लैजाने सके भविष्यका कर्णधार खडा हुने बताइन् ।

कार्यक्रममा डा. पाँडेले आफ्ना हजुरबुवा स्व. त्रिपुर विक्रम पाँडे र हजुरआमा स्व.राधादेवी पाँडेको स्मृतिमा ‘त्रिपुर–राधा खेल प्रोत्साहन कोष’ मार्फत नेस्पोलाई प्रत्येक वर्ष रु एक लाखको दरले पाँच वर्षसम्म रकम उपलब्ध गराउने र सो रकम खेलकुदका लागि खर्च गरिने घोषणा गरेका छन् ।

के हो नेस्पो ?

नेपालका लोकप्रिय तथा खेल इतिहासमा अन्तर्राष्ट्रिय पदक भित्र्याउन सफल खेलहरूका साथै ओझेलमा परेका खेलहरूलाई समय सापेक्ष वैज्ञानिक तरिकाले अनुसन्धानात्मक रूपमा अघि बढाउने उद्देश्यले स्थापना भएको संस्था हो नेस्पो ।

खेल क्षेत्रका अनुभवी तथा विज्ञहरुद्धारा स्थापित संस्थाले खेल तथा खेलाडी उत्पादनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँगको समन्वयमा नेपालको खेल विकासमा लागि काम गर्नेछ ।

सुदूर पश्चिम खेलकुद विकास समितिका पूर्व अध्यक्ष साम्राज्य विक्रम पाँडेको अध्यक्षतामा गठित नेस्पोमा कैलाली ब्याडमिन्टन सङ्घका पूर्व अध्यक्ष महेश शाह, धनगढी एफसीका सञ्चालक सुवास शाही, सङ्घका पूर्व कोषाध्यक्ष दीपेन्द्र कुमार श्रेष्ठ, हिमालय कलेजकी निर्देशक सङ्गीता सिलवाल, कोइमुङ विश्वविद्यालयका प्राध्यापक डा. सिद्धार्थ विक्रम पाँडे तथा खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको आबद्धता रहेको छ ।

के के छन् कार्यक्रमहरू

मुलुकले अङ्गीकार गरेको खेलकुद नीति तथा खेल विकासमा चालिएका कदमहरूलाई सघाउँदै निज क्षेत्र, व्यावसायिक प्रतिष्ठान, सङ्घ, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी अघि बढ्ने पनि प्रतिष्ठानले जनाएको छ । जसले तत्कालका लागि मूल कार्यहरूमा विभिन्न ९ वटा क्षेत्र तोकेको छ ।

प्रतिष्ठानले पर्वतीय तथा पर्यटकीय खेलकुद स्कुल, सोसियल स्पोर्टस्, एम्याचर स्पोर्टस् तथा इलिट स्पोर्टस् समेतको अनुसन्धान, प्रवर्द्धन तथा प्रदर्शनमा सहयोग पुर्‍याउनुका साथै खेलकुद सम्बन्धी पाठ्य सामाग्रीहरू प्रकाशन, प्रसारण तथा वितरण कार्य गर्नेछ ।

यसै गरी ओझेलमा परेका र राज्यको नजर पुग्न नसकेका प्रतिभावान् खेलाडीहरूको पहिचानमा सघाउ पुर्‍याउँदै खेलकुदको मूल प्रवाहमा ल्याउने प्रयास गर्ने, वैज्ञानिक तरिकाले ग्रास रुटका खेलाडी उत्पादनमा सघाउ पुर्‍याउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलबिज्ञ संलग्न गराई नियमित सेमिनार–गोष्ठी तथा तालिमको आयोजना गर्ने पनि प्रतिष्ठानले जनाएको छ ।

यसै गरी सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका साथै राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल सङ्घ तथा स्वदेशी तथा विदेशी दातृ निकाय तथा सङ्घ संस्थाहरूसँग सहकार्य गर्दै मुलुकको नीति नियम बमोजिम व्यवस्थित कार्य योजना बनाई खेल प्रवर्द्धन कार्यलाई अगाडी बढाउने कार्य पनि प्रतिष्ठानले गर्ने छ ।

आर्थिक कारणले पछाडि परेका प्रतिभाशाली खेलाडीहरूलाई पहिचान गरी भौतिक तथा आर्थिक सहयोगका लागि विभिन्न निकायसँग पहल गर्नुका साथै स्वदेश तथा विदेशमा तालिमको व्यवस्था मिलाउने जनाएको प्रतिष्ठानले मुलुक भित्र र मुलुक बाहिर रहेका नयाँ तथा पुराना अनुभवी खेलबिज्ञ, खेलकर्मीहरूको सञ्जाल बनाई मुलुकको खेल विकासमा लाग्ने वातावरण बनाउनेसमेत कार्य योजना अघि सारेको छ ।

यसै गरी हरेक दुई वर्षको अन्तरालमा बिश्वस्तरीय विज्ञहरू सम्मिलित अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नुका साथै खेलकुदको माध्यमबाट देशको नाम उँचो पार्न लागिपरेका वा मुलुक भित्रै खेलकुद विकासमा समर्पित खेलाडी, खेल प्रशिक्षक, खेल पत्रकार, खेल प्रवर्द्धक, खेल विज्ञ, खेल प्रायोजक, सहयोगी संस्था, खेल नीति निर्माताहरूका साथै नेपालमा खेलको विकासमा योगदान पुर्‍याउने स्वदेशी वा विदेशी व्यक्तित्व हरू लाई निश्चित मापदण्ड तयार पारी कदर/सम्मान प्रदान गर्ने समेत प्रतिष्ठानले जनाएको ।

त्यस्तै अपाङ्ग तथा ज्येष्ठ नागरिकहरूसँग सम्बद्ध संस्थाहरूसँगको सहकार्यमा उमेर अनुसारको खेलमा रुचि गराउने प्रयास गर्नुका साथै उमेर सुहाउँदो खेलमा सहभागिता, मनोरजनका लागि प्रतिस्पर्धा गराउने योजना पनि प्रतिष्ठानले लिएको छ ।

२०२२ जनवरी देखि २०२३ जनवरी भित्र गरिने मुख्य कार्य

नेस्पोले २०२२ देखि २०२३ को एक वर्षको अवधिमा संस्थागत विकासदेखि विभिन्न अन्तराष्ट्रियस्तरका कार्यक्रमहरू गर्ने योजना सार्वजनिक गरेको छ ।

जसमा पहिलो नम्बरमा संस्थाको साङ्गठनिक संरचनालाई मजबुत बनाउने, बिदशी खेल प्रशिक्षक भित्र्याउन चाहने खेल सङ्घहरूलाई सहजीकरण गर्दै, प्रत्येक महिना खेल प्रशिक्षक र प्रशिक्षक बन्न इच्छुक व्यक्तिका साथै खेलाडीहरुहरुलाई भर्चुअल मार्फत स्वदेशी र विदेशी खेल विज्ञहरूद्वारा प्रशिक्षणको व्यवस्था मिलाउने योजना बनाएको छ ।

यसै गरी खेल पाठ्यक्रम बनाउन इच्छुक खेल सङ्घलाई सहयोग गर्नेसमेत जनाएको प्रतिष्ठानले आगामी २०२३ जनवरी महिना मा विश्व स्तरीय खेल विज्ञहरूको संलग्नतामास्पोर्टस् फर डेप्लपमेन्ट र स्पोर्टस् साइन्स फर नेपाललाई मूल केन्द्रमा राखी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने रहेको छ ।

साथै खेल विज्ञान विषयमा अध्ययन गर्न इच्छुक विधार्थीहरुलाई आवश्यक सुझावसहित सहजीकरण गर्नेसमेत संस्थाले जनाएको छ ।
यस बिचमा प्रतिष्ठानले धनगढी उपमहानगरपालिका एसपीए कलेज धनगढी, नेपाल तेक्वान्दो सङ्घ र विश्व विद्यालय खेलकुद सङ्घ नेपालसँग सहकार्य सम्बन्धी सम्झौता गरिसकेको छ भने रारा फाउन्डेसन र उम् होंग गिल हुम्यान फाउन्डेसन सँग पनि सहकार्य गर्ने सम्बन्धमा अनौपचारिक छलफल सुरु गरिएको जनाइको छ ।

प्रतिक्रिया दिनुहोस