२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६७ वर्षपछि एयर इन्डिया औपचारिकरुपमा टाटा ग्रुपलाई हस्तान्तरण

अ+ अ-

नयाँ दिल्ली । ऋणमा डुबेको एयर इन्डिया ६७ वर्षपछि औपचारिकरुपमा बिहीबार टाटा ग्रुपलाई सुम्पिइएको छ ।

टाटा ग्रुपले अक्टोबर १९३२ मा टाटा एयरलाइन्सको रूपमा एयर इन्डियाको स्थापना गरेको थियो। सरकारले सन् १९५३ मा एयरलाइनलाई राष्ट्रियकरण गरेको थियो।

एयरलाइन्स हस्तान्तरणको औपचारिकता बिहीबार बल्ल पूरा भएको छ । अब एयर इन्डियाको सेयरहरू टालेस प्रालिलाई हस्तान्तरण गरिएको छ, जसले अबदेखि एयर इन्डियाको स्वामित्व पनि सम्हाल्नेछ ।

आज गरिएको हस्तान्तरण प्रक्रियासँगै एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस र एआई एसएटीएसजस्ता तीन वटा संस्थाको स्वामित्व पनि हस्तान्तरण भएको छ । एयर इन्डिया भारतको ध्वजाबाहक वायुसेवा समेत हो । कम लागतमा यसले सेवा दिँदै आएको छ । एआई एसटीएसजस्ता जहाजको ग्राउन्ड र कार्गो ह्यान्डलिङजस्ता जिम्मेवारी पनि सम्हाल्छ ।

प्रक्रिया पूरा भएपछि, टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले भने, ‘हामी हर्षित छौँ किनभने हस्तान्तरणको प्रक्रिया पूरा भएको छ र टाटा समूहमा एयर इन्डिया फिर्ता भएकोमा खुसी छौँ। हामी विश्वस्तरीय एयरलाइन बनाउन सबैसँग मिलेर अघि बढ्न चाहन्छौँ ।’

टाटा ग्रुपलाई एयरलायन्स हस्तान्तरण गरेपछि, टाटाले आधिकारिक ट्विटर ह्यान्डिलमार्फत भनेको छ, ‘तिम्रो आगमन धेरै प्रतीक्षा गरिएको थियो।’ विज्ञप्तिमा टाटाले भनेको छ, ‘हामी प्रधानमन्त्री नरेन्द्र मोदीको सुधारप्रतिको प्रतिबद्धता र भारतको उद्यमशीलताप्रतिको विश्वासलाई स्वीकार गर्न चाहन्छौँ, जसले यो ऐतिहासिक कार्यलाई सम्भव बनायो। हाम्रा प्रधानमन्त्रीले कार्यमा आफ्नो प्रतिबद्धता प्रदर्शन गरेका छन्।’

यसैबीच, नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य एम सिन्धियाले पनि ट्विट गरेका छन् । उनी लेख्छन्, ‘यसले सरकारको क्षमता र भविष्यमा गैर–रणनीतिक क्षेत्रहरूमा प्रभावकारी रूपमा विनिवेश गर्ने सङ्कल्पलाई प्रमाणित गर्दछ।’

लगानी र सार्वजनिक सम्पत्ति व्यवस्थापन विभागले एयर इन्डियाको नयाँ स्वामित्वकर्ता टालेर प्रालिबाट सरकारले २७ करोड रुपैयाँ प्राप्त गरेको जनाएको छ । विभागले भनेको छ, ‘हामीले सेयर हस्तान्तरण गरेका छौँ। सम्पूर्ण १५ हजार ३०० भारु करोड ऋण जो कायम गर्नुपर्ने थियो, त्यो पनि स्वीकार गरिएको छ ।’

नागरिक उड्डयन मन्त्रालयका सचिव राजीव बन्सलले अब टाटामा १२,००० कर्मचारीले काम गर्ने जानकारी दिए। ‘उनीहरूलाई एक वर्षको लागि राख्नुपर्नेछ’ उनले भने । हस्तान्तरण गर्नुअघि, चन्द्रशेखरनले आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए।

सरकारले गत वर्ष अक्टोबरमा टाटा समूहसँग राष्ट्रिय ध्वजा बाहक एयर इन्डियालाई १८,००० करोड भारुमा बिक्री गर्न शेयर खरिद सम्झौता गरेको थियो।

प्रतिक्रिया दिनुहोस