२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवालीलाई आजको आजै सरकारी सेवा

अ+ अ-

रसुवा । जिल्ला प्रशासन कार्यालयले रसुवालीलाई सबै खाले सेवा छिटोछरितो प्रदान गर्न थालेको छ ।

प्रशासनलाई चुस्तदुरूस्त बनाइ नागरिकलाई सुशासन दिलाउन तिनको काम आजको आजै गर्न थालिएको हो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले कार्यालय समय र साँझ नपरुन्जेल अतिरिक्त समय जिप्रकाले सबै प्रकारका सेवा प्रवाह गरिरहेको बताए । आजको आजै काम सम्पन्न हुँदा होटल तथा लजका खर्च जोगिएको सेवाग्राहीले जनाएका छन् ।

यसैबीच सरकारी सम्पत्ति संरक्षणका लागि अलपत्र परेका सरकारी भवन सदुपयोग गर्न थालिएको छ । स्थानीय तह गठनपछि जिल्लास्तरबाट स्थानान्तरण भई खाली भएका धुन्चेस्थित साविकका पशुसेवा, खानेपानी, भूसंरक्षण र महिला विकास कार्यालय भवन संरक्षण एवं उपयोग गराउन जिप्रकाले गृहकार्य अगाडि बढाएको हो ।

खाली भवनमध्ये सशस्त्र प्रहरी बल २० नम्बर गुल्मलाई महिला विकासको भवन उपयोग गर्न दिइएको छ । अन्य तीन भवनमा भने भाडामा बसिरहेका नापी, निर्वाचन तथा जिल्ला आयुर्वेदिक स्वास्थ्य कार्यालयलाई दिइने प्रजिअ जैसीले बताए । यसैगरी जिल्लास्थित अन्य सरकारी कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह र विकास निर्माणका कार्य छिटो सम्पन्न गर्न जिप्रकाले सहजीकरण गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस